काठमाडौं । नौ करोड २६ लाख ठगीको आरोपमा काठमाडौँ सुकेधारामा रहेको आईडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कृष्ण बहादुर उप्रेती पक्राउ परेका छन्।
६५ जना बचतकर्ताहरूको नौ करोड २६ लाख ठगीको आरोपमा उनलाई प्रहरी वृत्त महाराजगन्जले पक्राउ गरेको हो। प्रहरीका अनुसार संस्थाका अध्यक्ष कृष्ण बहादुर उप्रेती समेत १२ जना विरुद्ध ठगी सम्बन्धी कसुरमा जाहेरी दर्ता भएको छ।
हाम्रो सगरमाथा, आईडियल यमुना, नागरिक कल्याण, तपाई हाम्रो र घेदुङ बहुउद्देश्यीय सहकारी संस्था सहित ५ वटा सहकारी मिलेर आईडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्था बनेको थियो।
संस्था अध्यक्ष केबी उप्रेती फरार भएका थिए। उनी एमालेको सहकारी तथा गरिबी निवारण विभाग सचिवसमेत थिए। उप्रेती राष्ट्रिय सहकारी बैंकका अध्यक्ष पनि हुन्।


![मेरो शरीरमा बीपीको विचार छ, गणेशमानको साहस छ : गगन थापा[पूर्णपाठ]](https://www.outlinekhabar.com/wp-content/uploads/2026/01/gagannn-360x180.jpg)





![मेरो शरीरमा बीपीको विचार छ, गणेशमानको साहस छ : गगन थापा[पूर्णपाठ]](https://www.outlinekhabar.com/wp-content/uploads/2026/01/gagannn-120x86.jpg)



