Outline Khabar
आइतवार, मंसिर १४, २०८३
Sunday, November 29, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
आइतवार, मंसिर १४, २०८३
Sunday, November 29, 2026
                                                       
No Result
View All Result

समाजले देखाएको ऐना हेर्नुपर्छ, आलोचना गर्नेमाथि जाइलाग्नु राजनीतिक चरित्र होइन : रास्वपा सभापति लामिछाने

रविमाथिको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता

चितवन।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चुनाव जित्दैमा आफूहरू अरूभन्दा फरक वा विशेष व्यक्ति भएको ठान्न नहुने बताएका छन्। उनले पार्टीका नेता तथा कार्यकर्तालाई जनतासँग जोडिएर रहन र आफ्नो व्यवहार तथा गतिविधिको निरन्तर समीक्षा गर्न आग्रह गरेका छन्।

शुक्रबार चितवनमा आयोजित कार्यक्रममा बोल्दै लामिछानेले समाजले देखाएका कमजोरीलाई स्वीकार गर्नुपर्ने बताए। आलोचना गर्ने व्यक्ति वा समूहप्रति आक्रामक हुनु राजनीतिक संस्कार नभएको उनको भनाइ थियो।

Subisu

‘हामीले भुइँ टेक्नुपर्छ, भुइँ छोड्नु हुँदैन। कुनै हालतमा तपाईंले भुइँ छोड्नु हुँदैन,’ उनले भने, ‘हामीले एउटा चुनाव जितेका हौँ, कुनै ग्रहबाट खसेका मान्छे होइनौँ। हामी यहीँका मान्छे हौँ, यही जमिनका मान्छे हौँ। यसलाई हामीले भुल्नु हुँदैन।’

लामिछानेले पार्टीका गतिविधि र नेताहरूको व्यवहारलाई समाजले नजिकबाट नियालिरहेको भन्दै आलोचनालाई शत्रुताका रूपमा लिन नहुने बताए।

‘हाम्रो व्यवहार, हाम्रा गतिविधि, हाम्रा तौरतरिका समाजले विश्लेषण गर्छ। विश्लेषण गर्ने समाजमाथि जाइलाग्नु सही बाटो हुँदैन। समाजले हामीलाई ऐना देखाएको छ। ऐना देखाउनेतिर झम्टिने त्यो राजनीतिक चरित्र होइन,’ उनले भने।

उनले पार्टीभित्रबाट सरकारलाई सुझाव दिने वा सरकारका काममाथि प्रश्न उठाउने विषयलाई पनि गलत रूपमा व्याख्या नगर्न आग्रह गरे। सरकारलाई सचेत गराउँदा पार्टीमा विवाद सुरु भएको वा फुटको संकेत देखिएको भन्दै प्रचार गर्नुको अर्थ नरहेको उनको भनाइ थियो।

‘यस्तो कुरामा पार्टीले सरकारलाई कहिलेकाहीँ घच्घच्याउँदा लौ बर्बाद भयो, यिनीहरू फुट्न थाले, उसलाई यसो भन्न थाले, उसो भन्न थाले भनेर दुईवटा फोटो टाँसेर केही गर्नेवाला छैन,’ उनले भने।

रास्वपाले आफ्ना धारणा निर्भीकतापूर्वक राखिरहने उल्लेख गर्दै उनले यसलाई पार्टीभित्रको विद्रोह वा विग्रहका रूपमा नबुझ्न पनि आग्रह गरे। सरकारको आलोचना गर्नु सरकारविरुद्ध उभिनु नभएको उनको तर्क थियो।

लामिछानेले आफ्नो राजनीतिक प्राथमिकतामा लोकतन्त्र सबैभन्दा माथि रहेको पनि बताए। लोकतन्त्र, स्वतन्त्र प्रेस, मानवअधिकार र न्यायालयजस्ता संस्थाहरू लामो संघर्ष र बलिदानबाट प्राप्त भएको स्मरण गराउँदै उनले तिनको अवमूल्यन गर्न नहुने धारणा राखे।

‘आज यो मुलुकको लोकतन्त्र, जसमा हामीले कम योगदान दिएका होलाऔँ, स्वतन्त्र प्रेस, मानवअधिकार प्रत्याभूति, विभिन्न संस्थाहरू, अदालत यी सबै कुरा यसै प्राप्त भएका होइनन्,’ उनले भने।

घन्टी बजाउँदै हिँडेर वा कुनै नेताको पक्षमा नारा लगाएर मात्रै लोकतन्त्र प्राप्त नभएको उनको भनाइ थियो।

‘घन्टी बजाउँदै हिँड्दै, रवि दाइ हाइहाइ भन्दै प्राप्त भएका होइनन्। मान्छे मरेका छन्, रगत बगाएका छन्। त्यसको मूल्य ठूलो छ। त्यसको अवमूल्यन, अपमान गर्ने अधिकार हामी कसैलाई पनि छैन,’ लामिछानेले भने।

उनले लोकतन्त्रप्रतिको प्रतिबद्धतालाई पार्टीभित्रको मतभेद वा फुटसँग जोड्न नहुने बताए। लोकतन्त्रको रक्षा गर्नु सबै नेता तथा कार्यकर्ताको साझा दायित्व भएको उनको भनाइ थियो।

कार्यक्रममा लामिछानेले रास्वपाको सरकारबाट जनताले ठूलो अपेक्षा राखेको पनि स्मरण गराए। सरकारले जनताको अपेक्षा बुझेर काम गर्नुपर्नेमा जोड दिँदै उनले यस विषयमा आफू निर्भीक भएर बोल्ने बताए।

‘म निर्भीक भएर भन्न चाहन्छु, हाम्रो सरकारबाट जनताले गहिरो अपेक्षा गरेको बुझ्न जरुरी छ,’ उनले भने।  उनका अभिव्यक्तिले पार्टी नेतृत्व, सरकारको कामकारबाही र जनताबाट प्राप्त आलोचनाप्रति रास्वपाले कस्तो दृष्टिकोण राख्नुपर्छ भन्ने विषयमा जोड दिएको देखिन्छ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

मध्यपूर्व तनावको असरले नेपालमा विद्युत खपत उच्च, १२०० नयाँ ट्रान्सफर्मर खरिद गर्दै प्राधिकरण

चार महिनामा सवा २ अर्ब युनिट बिजुली निर्यात, २० अर्ब आम्दानी

सरकारका कामकारबाहीप्रति कांग्रेसको आपत्ति, अब सशक्त प्रतिपक्षी भूमिका खेल्ने निर्णय

सरकारका कामकारबाहीप्रति कांग्रेसको आपत्ति, अब सशक्त प्रतिपक्षी भूमिका खेल्ने निर्णय

इपिजी प्रतिवेदन बुझ्न मोदीले समय दिने नेपालको विश्वास, सीमा विवाद कूटनीतिक रूपमा टुंग्याउने प्रतिबद्धता

इपिजी प्रतिवेदन बुझ्न मोदीले समय दिने नेपालको विश्वास, सीमा विवाद कूटनीतिक रूपमा टुंग्याउने प्रतिबद्धता

ढोरपाटन उपत्यकामा पुग्यो राष्ट्रिय प्रसारणको बिजुली

ढोरपाटन उपत्यकामा पुग्यो राष्ट्रिय प्रसारणको बिजुली

थापाथलीको सुकुमबासी वस्ती हटाउने तयारी, सुकुम्बासी मोर्चाका कार्यवाहक अध्यक्ष पक्राउ

सात महिना बित्दा पनि सुकुम्बासीको बासको टुंगो लागेन, अब होल्डिङ सेन्टरबाट समेत हटाइँदै

अकाशे पुलले जोडिदै वीर अस्पतालका दुई भवन, अब बिरामीलाई सडक पार गराउनुपर्ने बाध्यता हट्ने

अकाशे पुलले जोडिदै वीर अस्पतालका दुई भवन, अब बिरामीलाई सडक पार गराउनुपर्ने बाध्यता हट्ने

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host