Outline Khabar
बिहिबार, अशोज २९, २०८३
Thursday, October 15, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
बिहिबार, अशोज २९, २०८३
Thursday, October 15, 2026
                                                       
No Result
View All Result

बूढानीलकण्ठमा घर भाडामा लिएर सुन प्रशोधन र तस्करी, २२ किलो सुनसहित तीन चिनियाँ पक्राउ

बूढानीलकण्ठमा घर भाडामा लिएर सुन प्रशोधन र तस्करी, २२ किलो सुनसहित तीन चिनियाँ पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–२, माथिल्लो भंगालमा घर भाडामा लिएर सुन प्रशोधन तथा तस्करी गर्ने गरेको खुलेको छ। प्रहरीले बिहीबार झण्डै २२ किलो सुनसहित तीन चिनियाँ नागरिकलाई पक्राउ गरेपछि उनीहरूको गतिविधिबारे थप विवरण सार्वजनिक भएको हो।

पक्राउ पर्नेमा चीनका झाउ लङक्विन, वाङ जियाङझेन र हान फेई छन्। उनीहरूबाट प्रहरीले कुल २१ हजार ७५०.६८ ग्राम अर्थात् झण्डै २२ किलो सुन बरामद गरेको थियो।

Subisu

प्रहरीका अनुसार बरामद सुनमध्ये १ हजार ६०७.९५ ग्राम सुनका टुक्रा, ४ हजार ९८७.७४ ग्रामका पाँचवटा बिस्कुट आकारका ढिक्का, ३ हजार ९९२.४० ग्रामका चारवटा ढिक्का र २ हजार १७.७९ ग्रामका दुईवटा बिस्कुट आकारका ढिक्का छन्। त्यस्तै, प्लास्टिकसहित ६ हजार ३५१.८२ ग्राम लेसिलो धूलो र २ हजार ७९२.९८ ग्राम लेसिला टुक्रा पनि बरामद गरिएको छ।

प्रारम्भिक अनुसन्धानअनुसार उनीहरूले घरमै लेसिलो अवस्थामा रहेको अर्धतयारी सुनलाई प्रशोधन गरेर बजारमा लैजान मिल्ने अवस्थामा तयार पार्ने गरेका थिए। त्यसका लागि ड्रायर मेसिनमा राखेर सुन सुकाउने, मेल्टिङ मेसिनमा पगाल्ने र बिस्कुट आकारका साँचामा राखेर चिस्याउने गरिएको थियो।

प्रहरी अनुसन्धानअनुसार चिनियाँ नागरिक सु कानले गत जुलाई २४ मा बूढानीलकण्ठस्थित घर मासिक ३ लाख ३० हजार रुपैयाँ भाडा तिर्ने गरी चार महिनाका लागि लिएका थिए। उनले घरधनीलाई चार महिनाको अग्रिम भाडाबापत १३ लाख २० हजार रुपैयाँ बुझाएको खुलेको छ।

पासपोर्ट नम्बर पीए०२२३१८८ भएका सु कान गत अगस्ट १५ मा चीन गएको र हालसम्म नेपाल नफर्किएको प्रहरीले जनाएको छ। उनले चीनमा रहेका झेन जिया लीलाई भाडामा लिएको घरको चाबी दिएको अनुसन्धानबाट खुलेको छ।

लीले उक्त घरको चाबी हान फेई र झाउ लङक्विनलाई पठाएका थिए। उनीहरू सेप्टेम्बर २६ मा घरको चाबी लिएर नेपाल आएका थिए। प्रहरीका अनुसार हान फेई र झाउ लङक्विन सेप्टेम्बर २७ मा तथा सु कान अक्टोबर १ मा नेपाल आएका थिए।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

यी व्यक्ति रास्वपाबाट स्थानीय तहको उम्मेदवार बन्न पाउँदैनन्

यी व्यक्ति रास्वपाबाट स्थानीय तहको उम्मेदवार बन्न पाउँदैनन्

रास्वपा सभापतिमा रविको उम्मेदवारी दर्ता, वरिष्ठ नेतामा बालेन सर्वसम्मत

स्थानीय तहको निर्वाचनमा होमियो रास्वपा, उम्मेदवार बन्न के गर्नुपर्छ?

नैतिकतासम्बन्धी प्रश्न उठेपछि साउदीका लागि प्रस्तावित सुनारको नाम अस्वीकृत

नैतिकतासम्बन्धी प्रश्न उठेपछि साउदीका लागि प्रस्तावित सुनारको नाम अस्वीकृत

मानवअधिकार परिषदमा नेपाल तेस्रोपटक निर्वाचित, १७३ मतसहित एसिया-प्रशान्तमा पहिलो

मानवअधिकार परिषदमा नेपाल तेस्रोपटक निर्वाचित, १७३ मतसहित एसिया-प्रशान्तमा पहिलो

यस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (पूर्णपाठसहित)

शंकास्पद कारोबार रोक्का गर्न राष्ट्र बैंकको निर्देशन: चाडपर्वमा बैंकिङ ठगी रोक्न प्रहरीसँग २४ घण्टा सम्पर्कमा रहनुपर्ने

ओमानमाथि नेपालको ११३ रनको सानदार जित, अंक तालिकामा नेपाल छैटौँ

ओमानमाथि नेपालको ११३ रनको सानदार जित, अंक तालिकामा नेपाल छैटौँ

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host