काठमाडौं। सशस्त्र प्रहरी बलका ६ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायव महानिरीक्षक (डिआइजी) मा बढुवा सिफारिसमा परेका छन्।
बढुवा समितिको शुक्रबारको बैठकले रिक्त पदका लागि बढुवाका लागि सिफारिस गरेको हो।
समितिले एसएसपीहरु दिगविजय सुवेदी, किरण बस्नेत, माधवप्रसाद पौडेल, प्रविण कँडेल, राजेश उप्रेती र नेत्रबहादुर कार्कीलाई डिआइजीमा बढुवाका लागि सिफारिस गरेको छ। बढुवा सिफारिस उपर चित्त नबुझे एक साता भित्रमा उजुरी दिन सकिने सूचनामा उल्लेख छ।












