काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट पसौ २ बा उमेदवार मनोजकुमार चौधरी पक्राउ परेका छन्। उनी सवार गाडीको डिक्कीमामा शंकास्पद वस्तु फेला परेपछि प्रहरीले पक्राउ गरेको हो।
चौधरीले प्रयोग गर्ने बा १० च १२५० नम्बरको गाडी भित्र टिनको बाक्सामा खैरो टेपले बेरिएको, कालो र रातो तार बाहिर निकालिएको अवस्थामा शंकास्पद वस्तु देखिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले बताए।
प्रहरीले चौधरीसहित गाडीमा सवार चार जनालाई बुधबार राति नै नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार गाडीमा उम्मेदवार चौधरीसँगै पर्सागढी नगरपालिकाका मेयरका प्रत्यासी सत्यनारायण दास र सुरज कार्की सवार थिए।
गाडी चालक वीरगञ्ज–छपकैया निवासी शेख मुन्ना अन्सारी रहेको प्रहरीले जनाएको छ।












