काठमाडौं। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले राप्रपा वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेलाई पक्राउ गरेको छ।
कालिका ग्रुपका अध्यक्षसमेत रहेका पाण्डेमाथि सार्वजनिक खरिद प्रणाली ह्याक गरेर ठेक्का विवरण हेरफेर गरेको आरोप छ। कालिका ग्रुप अन्तर्गत कालिका कन्ट्रक्सन प्राली छ, जुन क वर्गको निर्माण कम्पनी हो।
ब्युरोको प्रमुख मनोज केसीले अनुसन्धानका लागि पाण्डेलाई नियन्त्रणमा लिइएको पुष्टि गरे।
पूर्वमन्त्री समेत रहेका पाण्डे ०७९ को निर्वाचनमा चितवन ३ बाट प्रतिनिधि सभाको सदस्य निर्वाचित भएका थिए।












