काठमाडौं। निर्वाचन आयोगले निर्वाचन आचारसंहिता प्रभावकारी रुपमा कार्यान्वयन गराउन अनुगमन अधिकृतलाई निर्देशन दिएको छ। हरेक जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारी/कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख फरक(फरक जिम्मेवारीसहित निर्वाचन आचारसंहिता अनुगमन अधिकृत छन्।।
आयोगले आचारसंहिता परिपालनाको सम्बन्धमा अनुगमन गरी कार्यान्वयनलाई प्रभावकारी बनाउन, जिल्लाभित्र सुक्ष्म अनुगमन गर्न र आचारसंहिता तथा निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ विपरीतका कार्य गरेको पाइए कारबाही गर्न पनि भनेको छ।
निर्वाचन आचारसंहितामा उल्लेखित मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेल आचारसंहिताले तोकेका सबै पक्षले पालना गर्नुपर्ने आचरण तोकेको छ।












