काठमाडौं । नाउपा नेपालका संरक्षक रेशम चौधरीले आफु राजनीतिक शिकार भएको टिप्पणी गरेका छन् । कैलाली-१ बाट उम्मेदवारी दिएका चौधरीले आफ्नो उम्मेदवारी खारेज भएपछि प्रतिक्रिया दिँदै राजनीतिक सिकार बनाउनुको पनि हद हुन्छ भन्दै बिभेद दमन र उपेक्षित समुदायलाई उत्पिडनमा पार्दा प्रयोग गरिने हतियार पनि कस्ता कस्ता भन्ने प्रश्न गरेका छन् । साथै उनले आफ्नो उम्मेदवारी खारेजका बिरुद्ध देशैभर जाँतोमा मतदान गरेर नाउपा नेपाललाई साथ दिन आग्रह गरेका छन् ।
उनले भनेका छन्:
राजनैतिक सिकार बनाउनुको पनि हद हुन्छ । बिभेद दमन र उपेक्षित समुदायलाई उत्पिडनमा पार्दा प्रयोग गरिने हतियार पनि कस्ता कस्ता ? मण्डेलाले लामो संघर्ष गर्दाको परिणाम प्राप्ति सिंगो अफ्रीका हो । पहिचानको लामो लडाईको मार्ग कतै त्यहि हुने त होइन ? भन्ने भय छ । राजनैतिक बिभेदका बिरुद्द सबैको साथ भनेकै जाँतोमा (चकिया) मा मतदान हो । मेरो उम्मेदवारी खारेजका बिरुद्ध देशैभर जाँतोमा मतदान गरेर नाउपा नेपाललाई साथ दिनुहुनेछ भन्ने अपेक्षा सहित । जय नागरिक ।


![मेरो शरीरमा बीपीको विचार छ, गणेशमानको साहस छ : गगन थापा[पूर्णपाठ]](https://www.outlinekhabar.com/wp-content/uploads/2026/01/gagannn-360x180.jpg)





![मेरो शरीरमा बीपीको विचार छ, गणेशमानको साहस छ : गगन थापा[पूर्णपाठ]](https://www.outlinekhabar.com/wp-content/uploads/2026/01/gagannn-120x86.jpg)



