काठमाडौं । फागुन २१ को प्रतनिधिसभा चुनावका लागि सुनसरी क्षेत्र नम्बर ४ बाट नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नाम सिफारिस भएको छ ।
बुधबारको बैठकले दाहालको नाम सिफारिस गरेको नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य पदम अधिकारीले बताए । सो निर्वाचन क्षेत्रबाट प्रचण्डसहित महफुज आलम अन्सारी, परशुराम बस्नेत, पदम अधिकारी र कमलबहादुर कटवालको नाम केन्द्रीय कमिटीमा सिफारिस गर्ने निर्णय गरिएको अधिकारीले बताए ।












