Outline Khabar
शुक्रबार, अशोज ३०, २०८३
Friday, October 16, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, अशोज ३०, २०८३
Friday, October 16, 2026
                                                       
No Result
View All Result

फागुन २१ मै निर्वाचन गराउनु सरकारको मुख्य कार्यभार : गृहमन्त्री

फागुन २१ मै निर्वाचन गराउनु सरकारको मुख्य कार्यभार : गृहमन्त्री

सुर्खेत । गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारको प्रमुख कार्यभार आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन सम्पन्न गराउनु रहेको बताएका छन्।

गृह मन्त्रालय र कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वारा आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजित कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठी को उद्घाटन कार्यक्रममा बोल्दै गृहमन्त्री अर्यालले कुनै पनि अवस्थामा द्वन्द्व हुन नदिने सरकारको मूल रणनीति रहेको स्पष्ट पारे। उनले शान्तिपूर्ण राजनीतिक वातावरणमा स्वच्छ र निर्भय प्रतिस्पर्धाका लागि निर्वाचनको तयारी भइरहेको बताए।

Subisu

‘संसद् विघटन भएको छ महिनाभित्र निर्वाचन हुनुपर्ने जनादेशअनुसार सुरक्षा चुनौतीलाई सुदृढ गर्दै फागुन २१ मै चुनाव सम्पन्न हुन्छ,’ गृहमन्त्री अर्यालले भने।

उनले जेनजी आन्दोलनका सहिदको पहिचान गरी सबैको नामावली राजपत्रमा प्रकाशन भइसकेको जानकारी दिँदै सहिद परिवारलाई राहत उपलब्ध गराउन सरकार केन्द्रित रहेको बताए। साथै समृद्धि, विकास र सुशासनका लागि जेनजी पुस्तालाई राजनीतिको मूलधारमा ल्याउनुपर्ने धारणा व्यक्त गरे। जेनजी पुस्ता कुनै दल विशेषको नभई साझा जनशक्ति भएकाले यसको सिर्जनशीलता र प्रतिभालाई राष्ट्र निर्माणमा उपयोग गर्नुपर्नेमा उनले जोड दिए।

कार्यक्रममा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश सरकार शान्ति सुरक्षा र सुशासनमा केन्द्रित रहेको बताए। संघीय सरकारबाट निर्देशन लिनुपर्ने अवस्थाका कारण प्रदेश सरकार शान्ति सुरक्षामा अपेक्षित रूपमा सक्रिय हुन नसकेको उल्लेख गर्दै उनले कर्णालीमा दरबन्दीअनुसार सुरक्षा जनशक्ति नपुगेको समस्या औँल्याए।

मुख्यमन्त्री कँडेलले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई प्रशासक मात्र नभई सुशासनका पहरेदारका रूपमा काम गर्न निर्देशन दिए। मनपरी भाडा असुली, असुरक्षित यात्रा, लागुऔषधको प्रभाव र दुर्व्यसनी बढ्दो चुनौती भएको उल्लेख गर्दै न्यूनीकरणका लागि संघीय सरकारसँग प्रभावकारी सहयोगको माग गरे।

गोष्ठीमा गृह सचिव रामेश्वर दङ्गालले कर्णाली प्रदेशको समग्र सुरक्षा अवस्था, विद्यमान चुनौती र समाधानका उपायबारे जानकारी गराए।

कार्यक्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्की, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक टेकेन्द्र कार्की, कर्णाली प्रदेशका प्रमुख सचिव वीरेन्द्रकुमार यादव, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक राजु अर्याल, नेपाली सेनाका रथी गणेशकुमार श्रेष्ठ, गृहमन्त्रालयका प्रवक्ता आनन्द काफ्ले, दशवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

टेलिकमको वार्षिक इन्टरनेट प्याकेज ४ हजार ९९९ रुपैयाँमै, प्रधानमन्त्रीले गरे प्रचार

टेलिकमको वार्षिक इन्टरनेट प्याकेज ४ हजार ९९९ रुपैयाँमै, प्रधानमन्त्रीले गरे प्रचार

कांग्रेस महाधिवेशनमा उम्मेदवारको मनोनयन सोमबार

कांग्रेसले आफ्नै खर्चमा खुलामञ्चको मर्मत गर्ने, ४५ दिनको समयसीमा

दसैँका चार दिन बन्चरेडाँडा ल्यान्डफिल बन्द हुने, उठ्ने छैन उपत्यकाको फोहोर

एसईईको मौका परीक्षा साउन १८ र १९ गते हुने, १ लाख १५ हजारले दिन पाउने

सामुदायिक विद्यालयमा पूर्वाधार लगानी: पहिलो चरणमा छानिए यी ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित)

दाउन्नेमा ट्रकले ठक्कर दिँदा बस खस्यो, तीन जनाकोे मृत्यु

जाजरकोटमा जिप दुर्घटना, दुई जनाको मृत्यु, तीन घाइते

कांग्रेस महाधिवेशनको सम्पूर्ण मतपरिणाम आज बेलुकीसम्म आउने

कांग्रेस महाधिवेशनको सम्पूर्ण मतपरिणाम आज बेलुकीसम्म आउने

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host