Outline Khabar
मङ्लबार, चैत्र २४, २०८२
Tuesday, April 7, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
मङ्लबार, चैत्र २४, २०८२
Tuesday, April 7, 2026
                                                       
No Result
View All Result

रोटरीको पहलमा तीन दिने आधारभूत ह्वील चियर  तालिम

रोटरीको पहलमा तीन दिने आधारभूत ह्वील चियर  तालिम

काठमाडौं । रोटरी क्लब अफ काठमाडौं मेट्रोको पहल र लयाटर डे सेन्ट च्यारिटीज एलडीएससीको सहयोगमा काठमाडौंमा तीन दिने ह्वील चियर तालिम सम्पन्न भएको छ ।

यस्तै तीन सय ४० ह्वील चियर  हस्तान्तरण कार्यक्रमको समेत आरम्भ भएको छ । शारीरिक अपाङ्गता भएका नागरिकको दैनिकी सहज होस्, अन्य नागरिक सरह हिँड्डुल गर्न पाउने उनीहरुको मौलिक अधिकारको सुनिश्चित हुन सकोस् भन्ने मर्ममा साथ रोटरी क्लब अफ काठमाडौं मेट्रोले विगत एक वर्षदेखि ह्वील चियर आवश्यकता भएका, शारीरिक अपाङ्गता भएका नागरिकलाई मध्यनजर गर्दै ह्वील चियर परियोजनाको परिकल्पनाका साथ सहयोगी हातहरुसँग आवश्यक परामर्श तथा प्रक्रिया आरम्भ गरेको थियो ।

Subisu

यहि मार्च १९ देखि २१ सम्म काठमाडौंको ठमेलमा आयोजित तालिममा २० जना प्रशिक्षार्थीलाई ह्वील चियर सम्बन्धी आवश्यक्ता अध्ययन तथा मर्मतसम्भार तालिम प्रदान गरिएको हो भने तालिमको अन्तिम दिन १७ जना नागरिकलाई ह्वील चियर  समेत प्रदान गरिएको छ ।

उक्त तालिम तथा ह्वील चियर हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दे महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर शाहले नेपालका शारीरिक अपाङ्गता भएका नागरिकको अवस्थालाई मध्येनजर गरी ह्वील चियर सम्बन्धी तालिम र ह्वील चियर प्रदान जस्तो सेवा परियोजना लिएर आएकोमा सहयोगी संस्थालाई आभार प्रकट गरे ।

जसलाई जे आवश्यक्ता छ, त्यो प्रदान गर्न पाउँदा प्राप्त हुने आत्मसन्तुष्टि अमूल्य हुने बताउँदै मन्त्री शाहले रोटरी क्लब अफ काठमाडौं मेट्रोे र सहयोगी संस्था दुवैलाई धन्यवाद ज्ञापन गर्दै मन्त्रालयले पनि नेपालमै ह्वील चियर उत्पादन, मर्मत सम्भार, पहुँचयुक्त पूर्वाधार निर्माणलाई प्राथमिकताका साथ अगाडि बढाइरहेको बताए ।

कार्यक्रममा ल्याटर डे सेन्ट च्चारिटिजका प्रतिनिधिहरुले आफुहरु नेपाल आएर शारीरिक अपाङ्गता भएका नागरिकलाई तालिम संचालन एवं ह्वील चियर प्रदान गर्ने कार्यक्रममा सहभागी हुन पाउँदा अत्यन्तै गौरबको अनुभूति भएको बताएका थिए ।

उनीहरुले आफुहरु नेपालीको मानविय स्वभावको कारण प्रभावित भएको भन्दै तीन दिने तालिममा तालिम लिन आएका प्रशिक्षार्थीको इच्छाशक्ति र संकल्प शक्ति देखेर आफुहरु उत्साहित एवं खुशी भएको बताएका थिए ।

कार्यक्रममा रोटरी क्लब अफ काठमाडौंका ह्वील चियर परियोजनाका संयोजक अर्जुन श्रेष्ठले रोटरीले मानविय सेवाका कामहरु गर्दै आइराखेको र यो तालिम तथा ह्वील चियर प्रदान गर्ने कार्यक्रम पनि त्यसैको एउटा नयाँ अध्याय भएको बताए ।

ह्वील चियर उत्पादन, उपादेयता, आपूर्ति, गुणस्तर, पहँयुक्ततता बारेको बहसमा पनि कार्यक्रमले सहयोग पुग्ने तालिमका प्रशिक्षक तथा दातृसंस्थाका प्रतिनिधिले बताएका छन् ।

नेपालमा अपाङ्गता अधिकारको क्षेत्रमा क्रियाशिल सरोकारवाला निकायहरुले ह्वील चियर निर्माणको वैज्ञानिकता, आवश्यक संख्या, प्रयोगकर्ताको आवश्यकता अनुरुपको मापदण्डको ह्विलचियर उत्पादन, वितरण तथा ह्वील चियर प्रयोगकर्ताको पनि अन्य नागरिक सरह हरेक क्षेत्रमा विना अवरोध पुग्न पाउने अधिकार छ भन्ने महसुस गर्नुपर्ने खाँचो औल्याउँदै आएका छन् ।

उता राज्यले भने ह्विलचियर प्रयोगकर्ताको संवेदनशिलतालाई ध्यान दिँदै मन्त्रालयको पहुँचयुक्त परीक्षणको काम शुरु गरेको बताउँदै पहुँचयुक्तता परीक्षणलाई राज्यदेखि नीजि क्षेत्रका हरेक इकाईमा विस्तार गर्दै अपाङ्गतामैत्री पूर्वाधार निर्माण एवं विस्तारलाई अगाडि बढाउन लागि परेको बताउँदै आएको छ ।

नेपालमा पनि ह्वील चियर प्रयोग गर्ने नागरिक छन्, उनीहरुलाई पर्याप्त एवं उपयुक्त ह्वील चियरको खाँचो छ, ह्वील चियर प्रयोग गर्ने नागरिकहरुलाई पनि सार्वजनिक महत्वका कुनै पनि ठाउँहरुमा अन्य नागरिक सरह जाने मौलिक अधिकार छ भन्ने सचेतना एवं महत्वबोध राज्यसँग हुनुपर्नेमा अधिकारकर्मीहरुले जोड दिँदै आएका छन् ।

देशभर ह्वील चियर प्रयोगकर्ताहरुको भरपर्दो एकिन तथ्यांक छैन भने राज्यबाट लक्षित विशिष्टिकृत कार्यक्रमहरु तर्जुमा हुन सकिरहेका छैनन । न्यूनतम आवश्यकताहरुको पहिचान लागि स्पष्ट नीति नभइसकेको सन्दर्भमा शारीरिक अपाङ्गताभित्र ह्वील चियर प्रयोगकर्ताहरुको विविधता र विशिष्ठिकृत आवश्यकताहरुका बारेमा बहस हुनु आजको आवश्यकता भएको हिवलचियर प्रयोगकर्तादेखि अन्य अपाङगता अधिकारकर्मीहरुले बताउँदै आएका छन् ।

सामाजिक संरचनाहरु समेत पहुँचयुक्त नहुँदा ह्वील चियर पाउन नसकेका र पाईसकेका नागरिकको दैनिक जीवन कष्टकर छ भने गाउँका दुरदराजको अवस्था झनै कठिन छ । अपाङ्गता भएका ब्यक्तिका लागि विशिष्ठिकृत व्यवस्थाहरुको कार्यान्वयन हुन नसक्दा यस्तो अवस्था सिर्जना भएको सरोकारवालको भनाइ रहँदै आएको छ । अपाङ्गता भएका व्यक्तिले प्राप्त गर्ने सेवाहरुले उनीहरुको जीवनमा सकरात्मक रुपमा प्रत्यक्ष प्रभाव पार्छ ।

अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐनको मर्म अनुसारको अपाङ्गता अधिकार नियमावली, व्यक्तिगत सहयोगी सेवा जस्ता नीति तथा कार्यक्रमका माध्यमबाट राज्य अगाडि बढे मात्र ह्वील चियर प्रयोगकता नागरिकको पहुँचयुक्तताको अधिकार सुनिश्चित हुन सक्ने धारणा रहदै आएको छ ।

त्यसो त नेपालमा पनि १ मार्च २०११ देखि अन्तर्राष्ट्रिय ह्वील चियर दिवस समेत मनाइँदै आइएको छ । गएको माच १ मा पनि ‘उपयुक्त ह्वील चियर, पहुँचयुक्त नेपाल, स्वतन्त्र गतिशिलता हाम्रो अधिकार’ भन्ने मूल नाराका साथ १७औं अन्तर्राष्ट्रिय  ह्वील चियर दिवस मनाइएको थियो ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

सुनचाँदीकै मूल्य हालसम्मकै उच्च

बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ किनबेच?

सरकारी विज्ञापन निजी मिडियामा रोक्ने निर्णयविरुद्ध प्रेस युनियनले देशव्यापी कार्यक्रम गर्ने

सरकारी विज्ञापन निजी मिडियामा रोक्ने निर्णयविरुद्ध प्रेस युनियनले देशव्यापी कार्यक्रम गर्ने

सरकारले शेयर बजारमा सम्पत्ती शुद्धिकरणको छानबिन गर्दैन: अर्थमन्त्री वाग्ले

सरकारी कर्मचारीको इन्धन कटौती, मन्त्री र संवैधानिक पदाधिकारीको इन्धन सुविधामा चलेन कैँची

ओली र लेखकविरूद्धको जाहेरी प्रहरीमै फिर्ता

बिहीबारसम्म मुद्दा दायर नभए ओली र लेखक रिहा हुने

बीमितलाई नगदमा औषधि किन्न लगाए कारबाही गर्ने स्वास्थ्य बीमा बोर्डको चेतावनी

बीमितलाई नगदमा औषधि किन्न लगाए कारबाही गर्ने स्वास्थ्य बीमा बोर्डको चेतावनी

सर्वोच्च अदालतमा मुद्दाको सुनुवाइ अनिश्चितकालका लागि स्थगित

सरकारी विज्ञापन निजी मिडियालाई नदिने निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर

ताजा समाचार

सुनचाँदीकै मूल्य हालसम्मकै उच्च

बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ किनबेच?

सरकारी विज्ञापन निजी मिडियामा रोक्ने निर्णयविरुद्ध प्रेस युनियनले देशव्यापी कार्यक्रम गर्ने

सरकारी विज्ञापन निजी मिडियामा रोक्ने निर्णयविरुद्ध प्रेस युनियनले देशव्यापी कार्यक्रम गर्ने

सरकारले शेयर बजारमा सम्पत्ती शुद्धिकरणको छानबिन गर्दैन: अर्थमन्त्री वाग्ले

सरकारी कर्मचारीको इन्धन कटौती, मन्त्री र संवैधानिक पदाधिकारीको इन्धन सुविधामा चलेन कैँची

ओली र लेखकविरूद्धको जाहेरी प्रहरीमै फिर्ता

बिहीबारसम्म मुद्दा दायर नभए ओली र लेखक रिहा हुने

बीमितलाई नगदमा औषधि किन्न लगाए कारबाही गर्ने स्वास्थ्य बीमा बोर्डको चेतावनी

बीमितलाई नगदमा औषधि किन्न लगाए कारबाही गर्ने स्वास्थ्य बीमा बोर्डको चेतावनी

सर्वोच्च अदालतमा मुद्दाको सुनुवाइ अनिश्चितकालका लागि स्थगित

सरकारी विज्ञापन निजी मिडियालाई नदिने निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host