काठमाडौं। आज मंगलबार देशका पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी, बागमती र गण्डकीका पहाडी र हिमाली भूभागका थोरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी र हिमाली भूभागका एक-दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ।
तराई भूभागका केही स्थानमा बिहान हुस्सु लागेको छ। दिउँसो सफा हुनेछ। तर, कोशी, बागमती र गण्डकीका पहाडी र हिमाली भूभाग तथा बाँकी प्रदेशका हिमाली भूभागमा बादल लाग्नेछ।
आज राति तराई भूभागका थोरै स्थानमा तुँवालो रहनेछ। कोशी र गण्डकीका उच्च पहाडी र हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।
भोलि बुधबार कोशी, बागमती र गण्डकीका पहाडी र हिमाली भूभागका थोरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभागको एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।












