काठमाडौं। आज बुधबार पनि पहाडी क्षेत्रमा वर्षाको सम्भावना छ। जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी, बागमती र गण्डकीका हिमाली भूभागका थोरै स्थान तथा पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा, हिमपातको सम्भावना छ।
साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा, हिमपातको सम्भावना छ।
मंगलबार काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा वर्षा भएको थियो।
बुधबार राति तराईमा तुँवालो रहने देखिन्छ। कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा, हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।
बिहीबार बिहान तराई भूभागमा हुस्सु रहनेछ। दिउँसो तराईको मौसम सफा रहे पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा, हिमपातको सम्भावना छ। शुक्रबार पनि तराईमा हुस्सु रहनेछ।












