काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले देशभित्रबाटै लोकतन्त्र समाप्ती पार्ने खतरा बढेको दाबी गरेका छन्।
आइतबार नेकपा एकीकृत समाजवादीको दशौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो दाबी गरेका छन्।
‘लोकतन्त्रको खतरा बाहिरबाट होइन, लोकतन्त्रको समाप्ति हुने खतरा भित्रैबाट छ,’ यादवले भने, ‘तपाईंहरूले जसरी बाहिरको खतरा हटाउन भूमिका खेल्नुभयो, अब भित्रबाट पनि बचाउन लाग्नुपर्ने बेला भएको छ।’ साथै, उनले समावेशी लोकतन्त्रको युग भएको भन्दै अहिलेका नियुक्तिमा एकल जातीय वर्चश्व लादिएको बताए।