एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार गर्ने व्यक्तिबारे अमेरिकी सुरक्षा एजेन्सीले जानकारी सार्वजनिक गरेको छ। अमेरिकी जाँच एजेन्सी (एफबीआई) का अनुसार ट्रम्पमाथि गोली प्रहार गर्ने २० वर्षीय युवक रहेका छन्।
एफबीआईले दिएको जानकारीमा ती युवकको नाम थोमस म्याथ्यू क्रुक्स बताइएको छ। तीनि बेथेल पार्क, पेन्सिल्भेनियाका स्थानीय नागरिक हुन्। उनले चुनावकी सभाको क्रममा बटलरमा भाषण दिइरहेका ट्रम्पलाई निशाना बनाउँदै १२० मिटरको दुरीबाट गोली चलाएका थिए। ट्रम्पको गोलीको छर्राले कानमा चोट लागेपनि गोली चलाउने म्याथ्यूको भने प्रहरीले तत्कालै गोली हानी हत्या गरेको थियो।
एफबीआईले घटनास्थलबाट एआर–१५ सेमि अटोमेटिक राइफल पनि बरामद गरिएको बताएको छ। इफबीआईले उक्त घटनालाई हत्याको उदेश्यले घटाइएको भन्दै सोही अनुसारले जाँच सुरु गरेको छ। साथै ट्रम्पको सुरक्षा कडा बनाइएको छ।