एजेन्सी । धनाढ्य विदेशीहरूका लागि अमेरिकाले अब भिसा बेच्ने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘गोल्ड कार्ड’ नामक नयाँ भिसा कार्यक्रम ल्याउने घोषणा गरेका हुन् ।
राष्ट्रपति ट्रम्पका अनुसार ‘गोल्ड कार्ड’ ५० लाख अमेरिकी डलर (६९ करोड ५० लाख रुपैयाँ) मा खरिद गर्न सकिनेछ । राष्ट्रपति ट्रम्पले धनाढ्य विदेशीहरूलाई लक्ष्य गरी यो कार्यक्रम घोषणा गरेका हुन् ।
अमेरिकी सञ्चार माध्यमहरूका अनुसार ‘गोल्ड कार्ड’ किनेपछि कुनै पनि व्यक्तिले अमेरिकामा बस्न र काम गर्न पाउनेछन् भने अमेरिकी नागरिकता लिने प्रक्रिया पनि सहज हुनेछ ।
‘हामीले गोल्ड कार्ड बिक्री गर्दैछौं,’ ट्रम्पले ओभल अफिसबाट भनेका छन्, ‘तपाईंहरूसँग ग्रिन कार्ड छ, तर यो गोल्ड कार्ड हुनेछ । हामी यसको मूल्य करिक ५ मिलियन डलर राख्नेछौं र यसले ग्रिन कार्ड भएकाहरूले पाउने अधिकारका साथै नागरिकता प्राप्तिको बाटो खोल्नेछ । धनाढ्य मानिसहरू यो कार्ड किनेर हाम्रो देशमा आउनेछन् ।’




![मेरो शरीरमा बीपीको विचार छ, गणेशमानको साहस छ : गगन थापा[पूर्णपाठ]](https://www.outlinekhabar.com/wp-content/uploads/2026/01/gagannn-360x180.jpg)





![मेरो शरीरमा बीपीको विचार छ, गणेशमानको साहस छ : गगन थापा[पूर्णपाठ]](https://www.outlinekhabar.com/wp-content/uploads/2026/01/gagannn-120x86.jpg)

