काठमाडौं । दोस्रो पटक अमेरिकी राष्ट्रपतिको शपथ लिएसँगै डोनाल्ड ट्रम्पले नयाँ कम्पनीमार्फत कृत्रिम बौद्धिकता (एआई) पूर्वाधारमा ५ खर्ब डलर लगानी गर्ने घोषणा गरेका छन्।
उनको घोषणासँगै आईटी क्षेत्रमा अहिलेसम्मकै सबैभन्दा ठूलो लगानी हुन लागेको विश्वास गरिएको छ। ‘स्टारगेट’ नामक यो उद्यम अमेरिकी डाटा सेन्टरमा प्रविधि कम्पनीले महत्वपूर्ण लगानी हुनेछ। ती कम्पनीले एआईको पूर्वाधार विकासमा आर्थिक सहयोग गर्ने योजना बनाएका छन्।
परियोजना टेक्सासमा बनिरहेका १० वटा डेटा सेन्टरबाट सुरु हुने भएको हो। ट्रम्पले मंगलबार ह्वाइट हाउसमा ओर्याकलका प्रमुख प्राविधिक अधिकृत ल्यारी एलिसन, सफ्टबैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मासायोशी सन र ओपन एआईका प्रमुख कार्यकारी अधिकृत साम अल्टम्यानसँगै पत्रकार सम्मेलनमा यो घोषणा गरेका हुन्। कम्पनीले १ लाख जनालाई रोजगारी दिने विश्वास गरिएको छ।


![मेरो शरीरमा बीपीको विचार छ, गणेशमानको साहस छ : गगन थापा[पूर्णपाठ]](https://www.outlinekhabar.com/wp-content/uploads/2026/01/gagannn-360x180.jpg)





![मेरो शरीरमा बीपीको विचार छ, गणेशमानको साहस छ : गगन थापा[पूर्णपाठ]](https://www.outlinekhabar.com/wp-content/uploads/2026/01/gagannn-120x86.jpg)



