एजेन्सी । डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकाको ४७औं राष्ट्रपतिको रुपमा सोमबार शपथ ग्रहण गरेका छन्। डोनाल्ड ट्रम्पको शपथ ग्रहण समारोहमा विश्वका अर्बपतिहरु, उद्योपतिहरु, उनको क्याबिनेटका सदस्यहरु तथा अमेरिकाका पूर्व राष्ट्रपतिहरुले भाग लिएका थिए।
राष्ट्रपतिको रुपमा शपथ लिएपछि उनले विभिन्न कठोर निर्णयसमेत गरेका छन्। उनले आफ्नो सम्बोधनमा अमेरिकाको दक्षिण सिमा मेक्सिकोमा नेशनल इमर्जेन्सी घोषणा गरेका छन्।
ट्रम्पले गरेका महत्वपूर्ण घोषणाहरू:
१.अमेरिकाको दक्षिण सिमामा नेशनल इमर्जेन्सीको घोषणा, अवैध आप्रवासीहरूलाई रोक्नका लागि सेनालाई उपस्थित गराइने ।
२. ‘रिमेन इन मेक्सिको’ नीति लागू गर्ने घोषणा
३. पक्राउ गर तथा छाड (क्याच एण्ड रिलिज) प्रथाको अन्त्य
४. क्रिमिनल कार्टेल्स घोषित हुनेछन् विदेशी आतंककारी संगठन
५. अमेरिकामा विदेशी गिरोहहरूलाई समाप्त गर्नका लागि विदेशी अधिनियम १९७८ लागू ।
६. नेशनल इनर्जी इमर्जेन्सीको घोषणा ।
७. फ्रि स्पिचका लागि अमेरिकामा सेन्सरसीपमाथि रोक ।
८. अमेरिकामा थर्ड जेन्डर समाप्त, केवल महिला तथा पुरुषमात्र हुनेछन् ।
९. कोभिडको नियम उलंघनका कारण निष्काशनमा परेका कर्मचारीहरूको पुनर्वाहली, मुआब्जा प्रदान गरिने ।
१०. गल्फ अफ मेक्सिकोको नाम परिवर्तन गरेर गल्फ अफ अमेरिका बनाइने घोषणा ।
११. पनामालाई फिर्ता ल्याइने ।
१२. अन्य देशलाई समृद्ध बनाउनका लागि आफ्ना नागरिकमाथि ट्याक्स लगाउनुको साटो आफ्ना नागरिकलाई समृद्ध बनाउन विदेशी देशहरूमाथि ट्यारिफ तथा ट्याक्स लगाइने।


![मेरो शरीरमा बीपीको विचार छ, गणेशमानको साहस छ : गगन थापा[पूर्णपाठ]](https://www.outlinekhabar.com/wp-content/uploads/2026/01/gagannn-360x180.jpg)





![मेरो शरीरमा बीपीको विचार छ, गणेशमानको साहस छ : गगन थापा[पूर्णपाठ]](https://www.outlinekhabar.com/wp-content/uploads/2026/01/gagannn-120x86.jpg)



