एजेन्सी । भारतमा रेल दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । महाराष्ट्रको जलगाउँस्थित परान्डा रेलवे स्टेसनमा बुधबार दुर्घटना भएको हाे । स्टेसनमा पुष्पक एक्सप्रेस रेलका यात्रीहरूलाई कर्नाटक एक्सप्रेस रेलले कुल्चिदिएको जनाइएको छ ।
पुष्पक एक्सप्रेसमा आगलागी भएको हल्ला फैलिएपछि यात्रुहरूबीच भागदौड मच्चिएको र त्यसैक्रममा केही यात्रुले झ्यालबाट हामफालेको जनाइएको छ । हामफालेका यात्रुलाई विपरीत दिशाबाट आइरहेको कर्नाटक एक्सप्रेसले कुल्चिएको जनाइएको छ ।
जलगाउँ जिल्ला मजिस्ट्रेटका अनुसार घटनामा १२ जना घाइते भएका छन् । उनीहरूको पचोरा ग्रामीण अस्पतालमा उपचार भइरहेको छ ।
महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीसले घटनाप्रति दुःख व्यक्त गरेका छन् ।


![मेरो शरीरमा बीपीको विचार छ, गणेशमानको साहस छ : गगन थापा[पूर्णपाठ]](https://www.outlinekhabar.com/wp-content/uploads/2026/01/gagannn-360x180.jpg)





![मेरो शरीरमा बीपीको विचार छ, गणेशमानको साहस छ : गगन थापा[पूर्णपाठ]](https://www.outlinekhabar.com/wp-content/uploads/2026/01/gagannn-120x86.jpg)



