Outline Khabar
बुधबार, बैशाख ९, २०८३
Wednesday, April 22, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
बुधबार, बैशाख ९, २०८३
Wednesday, April 22, 2026
                                                       
No Result
View All Result

ट्राफिक प्रहरीको सक्रियता र जनचेतना अभिवृद्धिले सडक दुर्घटनामा उल्लेख्य कमी

ट्राफिक प्रहरीको सक्रियता र जनचेतना अभिवृद्धिले सडक दुर्घटनामा उल्लेख्य कमी
Subisu

काठमाडौं । काठमाडौं उपत्यकाको ट्राफिक व्यबस्थापनलाई प्रभावकारी बनाउँदै सडक दुर्घटनाहरुमा कमी ल्याउन काठमाडौं उपत्यका ट्राफिक प्रहरीले गरेका पछिल्ला गतिविधि एवं प्रयासहरु उपलब्धिमूलक भएको देखिएको छ ।

ट्राफिक प्रहरीले चालेका विभिन्न अभियान एवं जनचेतना अभिवृद्धिका कार्यक्रमहरुले सडक दुर्घटनामा उल्लेख्य कमी आएको देखिन्छ ।
गत वर्षको तुलनामा जनचेतनामुलक कार्यक्रमको प्रभाव र ट्राफिक प्रहरीको सक्रियताले सडक दुर्घटनामा परि मृत्यू हुनेको संख्यामा उल्लेख्य कमी आउनुका साथै घाइतेहरुको संख्यामा समेत कमि आएको देखिन्छ ।

गत आ.ब.०८९/८० मा भएका १०,६७५ सडक दुर्घटनामा परि १८७ जनाले मृत्यूवरण गर्नु परेको थियो भने यस आ.ब. ०८०/८१ मा भएका ८८८१ सवारी दुर्घटना (गत बर्ष भन्दा १६.८ % कम) मा परि १७६ जनाको मृत्यू भएको हो जुन गत बर्षको तुलनामा ६ % ले मृत्यू कमी भएको छ । साना ठुला दुर्घटनामा परि गत बर्ष भन्दा यस बर्ष ३ % (८३०५जना) घाइते भएको तथ्याङ्कले देखाउँछ ।

ट्राफिक प्रहरीका अनुसार, यो प्रगति ट्राफिक प्रहरीको सक्रियता र जनचेतनामुलक कार्यक्रम र नियमहरुको कडाईका साथ पालनाको प्रतिफल हो ।

यो सुधारलाई अझ प्रभावकारी बनाउन र निरन्तरता दिन योजनाबद्ध तरिकाले लाग्ने तयारी भैरहेको जनाएको छ । यसले भविष्यमा पनि दुर्घटनाबाट हुने जनधनको क्षति न्युनिकरण गर्न र ट्राफिक व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन मद्दत गर्ने अपेक्षा लिएको छ । थप सुधार गर्न र यसलाई निरन्तरता दिन ट्राफिक प्रहरीले थप योजनाहरु निर्माण गरेको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक विश्व राज खड्काले जनचेतनामुलक कार्यक्रमहरुले आम सडक प्रयोगकर्ताहरुलाई ट्राफिक नियमहरुको पालना गर्न र सडक सुरक्षालाई आत्मसाथ गर्न प्रेरणा दिएको बताए ।

थप उल्लेख गर्दै उनले सडक सुरक्षा र ट्राफिक नियमहरुका बारेमा जनचेतना अभिवृद्धि गर्नका लागि हामीले निरन्तर रुपमा कार्यक्रमहरु सञ्चालन गरिरहेका बताए ।

यसले सर्वसाधारणलाई जिम्मेवार चालक बन्न र दुर्घटना घटाउन ठूलो भूमिका खेलेको उनको भनाइ छ । पछिल्लो समय ट्राफिक प्रहरीले सचेतनामुलक अभिबृद्धि कार्यक्रमलाई विशेष महत्व दिई सञ्चालन गर्दै आएको छ ।

विशेष गरी स्कूल कलेज केन्द्रित ट्राफिक नियम सम्बन्धी प्रशिक्षण, चालक सह–चालक केन्द्रित ट्राफिक सचेतना कार्यक्रम र सडक प्रयोगकर्ताहरुलाई सडक सुरक्षा कार्यक्रमहरु व्यापक रुपमा गर्दै आएको छ । ट्राफिक सप्ताह कार्यक्रम, यात्रुमैत्री विशेष अभियान, ट्राफिक सचेतना बिशेष अभियान जस्ता कार्यक्रमहरुमा समावेश भएका ट्राफिक गतिबिधीहरु मार्फत ४,७७,३०३ जना प्रत्यक्ष लाभान्वित भए भने सडकको सुरक्षित प्रयोगमा समेत उल्लेख्य सुधार भएको पछिल्ला दुर्घटनाको तथ्यांकले समेत देखाएको छ ।

तुलनात्मक रुपमा उपत्यकाको आवागमन व्यवस्थापन र दुर्घटना न्यूनिकरणको लागि ट्राफिक प्रहरीले आफ्नो उपस्थिति, सक्रियता र निगरानी सँगसँगै बढाएको देखिन्छ । ट्राफिक प्रहरीको उपस्थितिले धेरै सवारी चालकहरु ट्राफिक नियमहरुको पालना गर्न बाध्य भएका छन् ।

ट्राफिक प्रहरीले चालेको मादक पदार्थ र लागु पदार्थ सेवन गरी सवारी चलाउने बिरुद्धको अभियान, लेन अनुशासन पालना, लापरबाहिका साथ सवारी चलाउने र तीव्र गतिका कारणले हुने दुर्घटना न्यूनिकरणमा निर्वाह गरेको भूमिका निकै तारिफ योग्य छन् ।

विभिन्न सडक केन्द्रित सचेतना कार्यक्रम संचालन, ट्राफिक चेक पोइन्ट विस्तार, भित्रीगल्ली साँघुरा सडक र करिडोर सडकमा नियमित गस्ती गर्ने गरेका छौं, र अपेक्षाकृत उपलब्धी समेत हासिल गरेको ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले बताए ।

‘सडकमा ट्राफिक नियमको पालना गराउनु हाम्रो मुख्य उद्देश्य हो । यस बर्षको सक्रियता र कठोर कदमहरुले दुर्घटनामा कमी ल्याउन ठूलो सहयोग पुर्याएको छ । यसलाई हामी निरन्तरता दिन्छौं र थप सक्रियता पुर्वक अघि बढ्छौं’ एसएसपी श्रेष्ठले भने ।

यस आर्थिक बर्षमा काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने १० लाख बढीलाई ट्राफिक प्रहरीले कारवाही गरि जरिवाना बापत रू.७२ करोड ६० लाख संकलन भएको छ ।

प्रभावकारी ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनिकरण जस्तो महत्वपूर्ण बिषय ट्राफिक प्रहरीको एक्लो प्रयासले मात्र सम्भव नहुने हुँदा सम्पुर्ण सडक प्रयोगकर्ताहरुलाई सडक सुरक्षा र ट्राफिक नियम पालनालाई संस्कारको रुपमा बिकास गर्न ट्राफिक प्रहरीले अपिल समेत गरेको छ ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य, भोलि पनि बैठक

कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य, भोलि पनि बैठक

होटल फरेस्ट इनलाई आईपीओ निष्काशनको अनुमति

सेबोन अध्यक्ष नियुक्तिको प्रक्रिया अघि बढ्यो, समिति गठन

ट्रम्पले भने- इरानसँग समझौता नभएसम्म नाकाबन्दी हट्दैन, धम्कीबाट नडराउने इरानको जवाफ

ट्रम्पले लम्ब्याए इरानसँगको युद्धविराम

ट्रम्पले भने- इरानसँग समझौता नभएसम्म नाकाबन्दी हट्दैन, धम्कीबाट नडराउने इरानको जवाफ

ट्रम्पले भने- इरानसँग समझौता नभएसम्म नाकाबन्दी हट्दैन, धम्कीबाट नडराउने इरानको जवाफ

टिम कुक एप्पलको सिइओ पद छोड्ने, अब कसले सम्हाल्छ नेतृत्व?

टिम कुक एप्पलको सिइओ पद छोड्ने, अब कसले सम्हाल्छ नेतृत्व?

बजेटको तयारीमा सरकार, यथार्थपरक प्राथमिकता तय गर्न मन्त्रालयहरूलाई अर्थमन्त्रीको निर्देशन

बजेटको तयारीमा सरकार, यथार्थपरक प्राथमिकता तय गर्न मन्त्रालयहरूलाई अर्थमन्त्रीको निर्देशन

ताजा समाचार

कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य, भोलि पनि बैठक

कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य, भोलि पनि बैठक

होटल फरेस्ट इनलाई आईपीओ निष्काशनको अनुमति

सेबोन अध्यक्ष नियुक्तिको प्रक्रिया अघि बढ्यो, समिति गठन

ट्रम्पले भने- इरानसँग समझौता नभएसम्म नाकाबन्दी हट्दैन, धम्कीबाट नडराउने इरानको जवाफ

ट्रम्पले लम्ब्याए इरानसँगको युद्धविराम

ट्रम्पले भने- इरानसँग समझौता नभएसम्म नाकाबन्दी हट्दैन, धम्कीबाट नडराउने इरानको जवाफ

ट्रम्पले भने- इरानसँग समझौता नभएसम्म नाकाबन्दी हट्दैन, धम्कीबाट नडराउने इरानको जवाफ

टिम कुक एप्पलको सिइओ पद छोड्ने, अब कसले सम्हाल्छ नेतृत्व?

टिम कुक एप्पलको सिइओ पद छोड्ने, अब कसले सम्हाल्छ नेतृत्व?

तातो दिन र तातो हावाको चेतावनी, तराईका धेरै जिल्लामा ‘हीट वेभ’को जोखिम

तातो दिन र तातो हावाको चेतावनी, तराईका धेरै जिल्लामा ‘हीट वेभ’को जोखिम

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host