काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले टोखामा २० करोडभन्दा बढी रकम बरामद गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले दिएको जानकारीअनुसार उक्त रकम बरामद ना१ख १६५२ नम्बरको ट्रकका चालक सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका-१, का ४३ वर्षीय कुसाङ लामालाई नियन्त्रणमा लिइएको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले टोखा नगरपालिका-१ झोर क्षेत्रबाट ट्रकमा रहेको २० करोड रकमसहित चालक कुसाङलाई गएराति पक्राउ गरेको हो।












