काठमाडौं । नेपाल शिक्षक महासंघले सरकारसँग वार्ता गर्न चार सदस्यीय टोली बनाएको छ । सहअध्यक्ष नानुमाया पराजुलीको नेतृत्वमा महासंघले वार्ता टोली बनाएको हो ।
वार्ताको माध्यमबाट समस्या समाधान गर्न सकिने भन्दै सरकारले महासंघलाई यसअघि तीन पटक वार्तामा बोलाएको थियो । तर, वार्ताका लागि महासंघले ऐन जारी हुने सुनिश्चित आधार नभएसम्म वार्तामा नजाने सर्त राख्दै आएको थियो ।
अहिलेको अवस्थामा संसद्को बर्खे अधिवेशन तत्कालै सुरु गर्ने, विशेष अधिवेसन आह्वान गर्ने वा अध्यादेशमध्ये एउटा विकल्पबाट ऐन जारी गर्ने सुनिश्चित भए मात्र वार्तामा बस्ने जवाफ महासंघले सरकारलाई पठाएको थियो ।
शिक्षा सचिवले शिक्षा विधेयकमा छलफल गर्न महासंघको टोली आउनू भनेर आज फेरि पत्र पठाएपछि महासंघले वार्ता टोली बनाएको पराजुलीले बताइन् ।












