काठमाडौैं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई ७२ रनले पराजित गरेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले १ सय २४ रनको लक्ष्य दिएको थियो । सुदूरपश्चिमले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय २३ रनको योगफल बनाएको थियो ।
जबाफी ब्याटिङमा उत्रिएको जनकपुर १२ दशमलभ १ ओभरमा मात्र ५१ रन बनाएको अलआउट भयो ।
सुदूरपश्चिमका लागि ओपनर विनोद भण्डारीले सर्वाधिक ३३ रन बनाए । उनले ३७ बलमा तीन चौका र एक छक्काको मद्दतमा ३३ रन बनाएका हुन् । यसैगरी, सैब जैबले २१, इशान पाण्डेले १७, ब्रान्डन म्याकमुलेनले ११ रन बनाए । त्यसबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
जनकपुरका लागि किशोर महतो एक्लैले चार विकेट लिए । त्यस्तै शेर मल्ल र अरनिको यादवले समान दुई-दुई विकेट झारेभने हर्ष ठाकरले एक विकेट लिए । जनकपुरका जोशुआ ट्रम्पले बाहेक कुनैपनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।