कोहीको आशा बगाइ लग्यो
धेरै थियो उद्देश्य सपनामा सिमित रह्यो
आएको बाढी रोकेर रोकिँदैन
घर खेत बारी बगाइ लग्यो
छेउछाउ बस्तीलाई बगर बनायो
धान रोप्ने खेत जति सखाप गरायो
गोठका गाई बस्तु कहाँ गए एकिन छैन
बाढी पहिरोले धनजनको क्षति गरायो
(कारण)
जता सुकै बनजंगल फडानी भाको
मन लाग्दि तरिकाले मोटर रोड गाको
खोल्सा खोल्सीमा खोला दोहन भाको
त्यहि भएर हो लाग्छ बाढी पहिरो गाको
(त्यसैले)
एकै चोटी पुरै संसार हेर्न सकिन्छ र
आएको बाढी पहिरो छेक्न सकिन्छ र
जहाँ छौं सबै सुरक्षित ठाउँमा रहौं
भोलि के हुन्छ आजै देख्न सकिन्छ र
सुदिप वि.क
बेसिशहर ११ लमजुङ