सगरमाथा अडिएको छ, तिम्रै बलिदानले,
यो माटो सुगन्धित छ, तिम्रै पहिचानले ।
रगतले लेखिएका छन् स्वतन्त्रताका गाथा,
तिमीबिनाको इतिहास अधुरो छ साखा ।।
न तिम्रो शरीर रह्यो, न त आवाज बाँकी,
तर विचार अमर छ, देशभित्र पाकी ।
त्यागका ती कथा, तिम्रै नाम गुन्जिन्छ,
हाम्रो मनभित्र, सधैं उज्यालो बन्छ ।।
बज्रजस्तै दृढ बन्यौ, अन्यायसँग लड्यौ,
नयाँ बिहानी ल्याउन, अन्धकारसँग भिड्यौ ।
आफ्नो सपनालाई तिमीले बलिदान गर्यौ,
तर जनताको सपना जीवितै रह्यो ।।
तिम्रा सपनाहरू जीवितै छन्, हाम्रा आँखामा,
तिम्रो नाम लेखिएको छ, इतिहासका पानामा।
स्वाभिमान बोकेर उठेका थियौ तिमी,
जनताको आवाज बनेर बोलेका थियौ तिमी।।
तिमी ढलेर गए पनि, हामी तिम्रै बाटोमा,
सत्य, न्याय, समानताको, सपनै छातोमा।
यो भूमि हराभरा बनाउने हाम्रो प्रण,
सहिदको बलिदानलाई नहोस् कहिल्यै क्षय।।
आज पनि हामी बाँचिरहेका छौं,
तिम्रै सपना सम्हालेर,
यो देश फुलोस्, फस्टाओस्,
तिम्रै बलिदान सम्झेर ।।
✍️ सुदिप वि.क