हे सरकार, यो घमण्ड केका लागि?
जनताको रगत चुसी कुर्सीमा बसी,
सत्य लुकाउने खेल सधैंभरि चल्छ,
तर याद गर, जनता एकदिन बल्छ।
सहकारी काण्डमा रवि मात्र दोषी?
अरु काण्ड किन छन् न्यायका लागि बेसी?
सुन, बाँसबारी, वाइडबडीका कथा,
किन ढाक्छस् तिमीले सधैं न्यायको पथ?
डर देखाएर कतिन्जेल टल्किन्छ कुर्सी?
प्रतिशोधको राजनीति, जनता दुख्न थालिसक्यो।
किन मानिसलाई पशुभन्दा तल झार्छस्?
सत्ताको नाममा यो अन्याय किन गर्छस्?
यो देश सहन्छ, तर सधैं होइन,
सत्यको ज्वाला बलेपछि कसैले रोकिन्न।
न्यायको बाटो छाड्नलाई नसोच,
वरिपरि जनताको आँधी उठ्नेछ।
सम्हाल सरकार, जनता नजिक छ,
तेरो घमण्ड अब चकनाचूर हुनेछ।
गर छानबिन सबैको, गर निष्पक्ष काम,
नत्र इतिहासमा तेरो नाम रहन्छ कलंक।
न्यायको सिंहासन सधैंभरि चोखो होस्,
राजनीतिक खेलमा अन्याय नहोस्।
रवि मात्र होइन, सबै दोषी खोज,
देश र जनता सचेत छन्, यो मत जान्न सोच।
यदि तिमीले अन्यायको बाटो रोज्यौ भने,
जनताको भीडले तिमीलाई ठेगान लाउनेछ।
यो चेतावनी हो, सत्यको तर्फबाट,
सवल हो, सुधार गर, देशका लागि साथ।
सुदिप बि.क
बेसिशहर ११ लमजुङ