कठै
फेरि पीडा
पीडा पनि कति कति घर–घरमा कठै
न छ खुसी गाउँमा न शहरमा कठै !!
एउटा खाटो नबस्दै अर्को नयाँ थपिन्छ
परिवार बेचैन छन् प्रत्येक प्रहरमा कठै !!
कसैको मियो ढल्यो कसैको घरबारी
पीडा पोख्ने ठाउँ छैन डहरमा कठै !!
प्रकृतिले उल्टो खेल खेल्दैछ कि क्यारे
निरास जीवन बाँच्नुपर्ने कहरमा कठै !!
कि त फूल हुन पाए कि त काँडा जस्तो
तड्पिएरै चोला बित्ने भयो रहरमा कठै !!
सुदिप वि.क
बेसिशहर ११ लमजुङ