हामी एकदिन जल्नेछौं,
हाम्रो शरीर जल्नेछ,
हाड–मास सबै जल्नेछ,
र हाम्रो अस्तित्व नै जल्नेछ ।
आज फक्रदै गरेको फूलहरू,
भोलि जल्नेछन्
आन्दोलनमा जलेझै
कलिला कोपिला पनि जल्नेछन्
फूलहरु पनि जल्नेछन्
तिनको अस्तित्व नै जल्नेछ ।
यो दुनियामा
शासकहरूको
कु–शासन पनि जल्नेछ,
सु–शासन पनि जल्नेछ
तर, जल्नेवाला
सत्यमार्गमा हिँड्ने
सत्यवादी ऊ परेछ भने
ऊ जले पनि
उसको अस्तित्व जल्दैन
स्थिर घिमिरे
लमजुङ बेसिशहर–११












