Outline Khabar
बिहिबार, फाल्गुन ७, २०८२
Thursday, February 19, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
बिहिबार, फाल्गुन ७, २०८२
Thursday, February 19, 2026
                                                       
No Result
View All Result

सुर्तीजन्य पदार्थविरुद्धको दिवस : नेपालमा वर्षेनी ३७ हजार नेपालीको मृत्यु

सुर्तीजन्य पदार्थविरुद्धको दिवस :  नेपालमा वर्षेनी ३७ हजार नेपालीको मृत्यु

काठमाडौं । आज विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस विभिन्न सचेतनामूलक कार्यक्रम गरेर मनाइँदै छ । हरेक वर्ष मे ३१ तारिखका दिन यो दिवसमा यसपालि ‘सुर्तीजन्य उद्योगको हस्तक्षेपबाट बालबालिकालाई जोगाउँ’ भन्ने नारा तय गरिएको छ ।
चुरोट, सुर्ती, गुट्खा लगायतका सुर्तीजन्य पदार्थ खाँदा क्यान्सर लगायतका स्वास्थ्य समस्या निम्त्याउने डाक्टरहरु बताउँछन् । क्यान्सरसहित विभिन्न रोगको जोखिमबाट बच्न धूमपान नगर्न तथा सुर्तीजन्य बस्तु नखान डाक्टरको सुझाव छ । नेपालले सुर्तीजन्य वस्तुको नियन्त्रण सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि अनुमोदन गरेर सदस्य देश बनिसकेको छ ।

पछिल्लो समय सार्वजनिक ठाउँमा धुमपान गर्नेलाई कारबाही गर्ने प्रावधान भए पनि यसको प्रभावकारी नियमन र कार्यान्वयन भने हुन सकेको छैन ।

Subisu

हाल मुलुकभित्र सुर्तीजन्य पदार्थ सेवनकर्ताको संख्या ३४ प्रतिशतको हाराहारीमा रहेका छन् । विशेषतः युवा वर्गमा सुर्तीजन्य पदार्थको प्रयोग बढ्दो छ ।

सुर्तीजन्य पदार्थको सेवनबाट मुलुकमा प्रतिएक सय बढीको ज्यान जाने गरेको तथ्यांकले देखाउँछ । सुर्तीजन्य पदार्थको सेवनबाट हरेक वर्ष नेपालमा झण्डै आधा लाख मानिसहरूको ज्यान गइरहेको छ ।

अर्थात् सुर्ती–चुरोटको धुवाँले वर्षेनी अनुमानित ३७ हजार पाँच सय जनाको ज्यान जाने गरेको तथ्यांकले देखाउँछ । यति मात्रै होइन एक खिली चुरोटले मानिसको ११ देखि १३ मिनेटसम्म आयु घटाउने अनुसन्धानबाट देखिएको छ । विश्व स्वास्थ्य संगठनको रिपोर्टअनुसार धुम्रपानका कारण वार्षिक ८० लाख मानिसको मृत्यु हुन्छ । १३ लाख मानिसले आफूले धुम्रपान नगरे पनि ज्यान गुमाउँछन् ।

‘प्यासिभ स्मोकिङ’ अरूले धुम्रपान गर्दा आएको धुवाँकोे असरका कारण उनीहरूको ज्यान जाने गरेको डब्लयुएचओको रिपोर्टले देखाउँछ ।

सन् २०२२ /०२३ मा सरकारले सुर्तीजन्य पदार्थबाट ३० दशमलव ६१ अर्ब राजस्व संकलन गरेको तथ्यांक छ । सुर्तीजन्य पदार्थको उपभोगबाट लाग्ने रोगको उपचारमा प्रत्यक्ष वा अप्रत्यक्ष खर्च, रोगीको उत्पादकत्व र मृत्युको क्षति समेतलाई हिसाबकिताब गर्दा वार्षिक क्षति ४४ अर्ब हुन आउँछ ।

संकलित राजस्व र क्षतिको हिसाबकिताब गर्दा वार्षिक १३ अर्ब घाटा भएको देखिन्छ । कारण सरकारले सुर्तीजन्य पदार्थमा लिने कम कर हो । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सुर्तीजन्य पदार्थको खुद्रा मूल्यमा ७५ प्रतिशत कर लगाउनुपर्ने मापदण्ड तोकेको छ । तर, नेपालमा सुर्तीजज्य पदार्थको खुद्रा मूल्यमा ४१ प्रतिशत मात्र कर लगाइएको छ । जुन अत्यन्तै न्यून हो । दक्षिण एसियाली मुलुकमा सर्वाधिक बिक्री हुने ब्राण्डको खुद्रा मूल्यमा लाग्ने करको तुलनामा नेपालमा लगाइएको करको दर सबैभन्दा न्यून रहेको छ ।

नेपालको कुल राजस्वमा सुर्तीजन्य पदार्थबाट संकलन हुने राजस्वको हिस्सा २ दशमलव ५९ प्रतिशत मात्र रहेको छ । दक्षिण एसियाली मुलुकहरूमध्ये बंगलादेशले सुर्तीजन्य पदार्थबाट ९ दशमलव ५३ प्रतिशत राजस्व आम्दानी गर्छ । श्रीलंकामा ७७ प्रतिशत, बंगलादेशमा ७३ प्रतिशत, पाकिस्तानमा ६० दशमलव ७८ प्रतिशत, भारतमा ५७ दशमलव ६० प्रतिशत अप्रत्यक्ष कर रहेको छ । यसैगरी, उत्तरी छिमेकी मुलुक चीनमा पनि ५५ प्रतिशतभन्दा बढी कर रहेको छ । विगतका आर्थिक वर्षका बजेटमा सुर्तीजन्य पदार्थमा औसत १० प्रतिशतको हाराहारीमा कर वृद्धि भएको थियो । तर, आर्थिक वर्ष २०८०÷०८१ मा ३ प्रतिशत मात्र कर वृद्धि गरिएको थियो ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

आज प्रजातन्त्र दिवस, देशैभरि सार्वजनिक बिदा

आज प्रजातन्त्र दिवस, देशैभरि सार्वजनिक बिदा

कांग्रेसको प्रतिज्ञा पत्रबारे बिहीबार काठमाडौँमा खुला प्रश्नोत्तर

कांग्रेसको प्रतिज्ञा पत्रबारे बिहीबार काठमाडौँमा खुला प्रश्नोत्तर

निर्वाचन आचारसंहिता लागू, सामाजिक सञ्जाल प्रयोगकर्तालाई पनि कडाइ

प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२: आजदेखि ठूला सभा-जुलुस गर्न पाइने

टी-२० विश्वकप: वेस्ट इन्डिजसँग हारेसँगै नेपाल बाहिरियो

टी-२० विश्वकप: वेस्ट इन्डिजसँग हारेसँगै नेपाल बाहिरियो

एनएमसी र केसीसी विच रेडियोथेरापी सेवाका लागि समझदारी

एनएमसी र केसीसी विच रेडियोथेरापी सेवाका लागि समझदारी

कर्णाली प्रदेशका लागि मतपत्र पठाइयो

कर्णाली प्रदेशका लागि मतपत्र पठाइयो

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host