एजेन्सी । जर्मनीमा जारी युरो २०२४ मा स्तब्धपूर्ण नतिजा निकाल्ने क्रममा स्लोभाकियाले बेल्जियमलाई हराएको छ ।
फ्रांकफर्ट भएको खेलमा बनेपछि स्लोभाकियाले बेल्जियमलाई १-० ले पराजित गरेको हो । इभान स्रान्जले खेलको सातौं मिनेटमै गरेको गोल निर्णायक बनेको हो ।
समूह ‘ई’मा बलियो टोलीको रुपम रहेपनि रोमेलु लुकाकुले महत्वपूर्ण अवसर गुमाउँदा बेल्जियम स्तब्ध बनेको हो ।
दोस्रो हाफमा बेल्जियमका लुकाकुले दुई गोल गरेपछि भिएआरले मान्यता नदिँदा बराबरी गोल गर्नबाट चुकेको थियो।
बेल्जियमले अब रोमानियासँग दोस्रो खेल खेल्नेछ । यस्तै स्लोभाकियाले युक्रेनसँग खेल्नेछ ।