Outline Khabar
शुक्रबार, जेष्ठ ३, २०८२
Friday, May 16, 2025
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, जेष्ठ ३, २०८२
Friday, May 16, 2025
                                                       
No Result
View All Result

खेमनाथ दाहालको ‘सिर्जनामा दृष्टि’ लोकार्पण

खेमनाथ दाहालको ‘सिर्जनामा दृष्टि’ लोकार्पण
Subisu

काठमाडौं। स्रष्टा खेमनाथ दाहालको नयाँ कृति ‘सिर्जनामा दृष्टि’ लोकार्पण गरिएको छ । काठमाडौंमा साहित्यिक पत्रकार संघको आयोजनामा एक विशेष समारोहबीच स्रष्टा दाहालको भूमिकासंग्रह कृति ‘सिर्जनामा दृष्टि’को लोकार्पण गरिएको हो ।

संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि, वरिष्ठ इतिहासविद् प्राडा.सुरेन्द्र केसी, कृति सर्जक महाकाव्यकार खेमनाथ दाहाल, विशिष्ठ अतिथि विशिष्ठ कलाकार मदनदास श्रेष्ठ, वरिष्ठ पत्रकार एवं साहित्यकार पुरुषोत्तम दाहाल, सामालोचक प्राडा.कृष्णप्रसाद दाहाल, समीक्षक डा.यज्ञश्वर निरौला, गीतकार समाजसेवी सोभित उप्रेति, प्राडा.गोविन्दमान सिंह कार्की, उषा दाहाललगायतले उक्त कृतिको लोकार्पण गरेका थिए ।

गीतकार/निर्देशक गणेश सुवेदीले सहजीकरण गरेका कार्यक्रमको प्रमुख अतिथि प्राडा.केसीले दीप प्रज्ज्वलन गरेर समुद्घाटन गरेका थिए । समारोहमा मिलाप प्रकाशनका अध्यक्ष कृष्ण भुसालले स्वागत मन्तव्य राखेका थिए ।

स्वागत मन्तव्य राख्ने क्रममा उनले कृति प्रकाशनका बारेमा आफ्ना कुरा राख्दै प्रकाश संस्था जनपक्ष प्रकाशन र यसका प्रमुख साहित्यकार पुण्यप्रसाद शर्मालाई धन्यवाद दिए ।

कृतिको समीक्षात्मक टिप्पणी गर्दै डा.निरौलाले स्रष्टा दाहालको मूल विधा काव्य भए पनि उनले अन्य क्षेत्रमा त्यतिकै सशक्त रूपमा कलम चालाउँदै आएको बताए । ‘स्रष्टा दाहालको मूल विधा काव्य हो तर उहाँले अन्य विधामा पनि कलम चलाउँदै आउनुभएको छ । त्यसैको पछिल्लो रूप सिर्जनामा दृष्टि हो’, उनले भने, ‘यस कृतिले स्रष्टा दाहालको साहित्य क्षेत्रमा नयाँ परिचय स्थापित भएको छ ।’ उनले कृतिमा फरक विधाका १६ पुस्तकको भूमिका यसमा समावेश भएको बताए ।

स्रष्टा दहालले कृति कसरी प्रकाशन भयो भन्ने बारेमा आफ्नो भनाइ राख्दै यसको प्रकाशनका लागि जनपक्ष प्रकाशन सिक्किम र यससँग जोडिएका सबैमा धन्यवाद दिएका थिए ।

उनले आफ्नो मूल विधा काव्य नै रहेको स्वीकार गर्दै नयाँ उपन्यासको तयारीमा आफू रहेको जानकारी दिए । उनले साहित्य लेखनमा शब्दको शिल्पीले पूर्णता दिने बताए । उनले आफ्नो सानैदेखि साहित्यमा लगाव भएको बताउँदै धरान नगरपालिकामा–२०२४ मा भएको कविता प्रतियोगितमा दोस्रो प्राप्त गरेको सम्झना गरे ।

यस्तै, समालोचक प्राडा.कृष्णप्रसाद दाहालले स्रष्टा दाहालको ‘स्वेतपत्र’ महाकाव्यले एउटा उचाइ प्राप्त गरेको बताउँदै पाठकले उहाँसँग त्यस्तै अन्य कृतिको अपेक्षा गरेको बताए ।

उनले भने, ‘स्रष्टा दाहालले नियात्रा, उपन्यास र कवितामा आफूलाई प्रस्तुत गर्दै आउनुभएको छ । उहाँ सबै कृति सशक्त छन् । अझ मलाई मन परेको कृति ‘स्वेतपत्र’ महाकाव्य हो । यसको उचाइमा अन्य कृतिको पनि पाठकले अपेक्षा गरेका छन् ।’ उनले ‘सिर्जनामा दृष्टि’मा स्रष्टा दाहालले भूमिका लेखनमा कृतिलाई न्याय गरेको आफूले पाएको बताए ।

समारोहमा वरिष्ठ समालोचक प्रमोद प्रधानले स्रष्टा दाहालको व्यक्तित्व र कृतित्वका बारेमा आफू परिचित रहेको बताउँदै उनको नियात्रा ‘यात्राको सिकर्नीमा’मा आफूले समीक्षा लेखेको सम्झना गर्दै उहाँ सधैं सक्रिय तर चर्चामा आउन नचाहने साहित्यकार रहेको आफूले पाएको बताए । प्रधानले भने,‘म स्रष्टा दाहालको व्यक्तित्व र कृतित्वबाट परिचित छु । उहाँ निरन्तर साधानमा रहने साहित्यकार हुनुहुन्छ । उहाँको यसअघिको कृति ‘अहोरात्र’, ‘यात्राको सिकर्नी’देखि ‘स्वेतपत्र’,सम्म सबै कृतिसँग परिचित छु । उहाँको साहित्यमा जीवन र दर्शनका साथै हाम्रो परिवेश पाइन्छ । उहाँ सक्रिय रूपमा साहित्य साधानमा तल्लिन हुनुहुन्छ र चर्चाबाट टाढा रहन मन पराउनुहुन्छ ।’

वरिष्ठ पत्रकार एवं साहित्यकार प्रा.पुरुषोत्तम दाहालले स्रष्टा दाहालसँग आफू सानोछदादेखि नै परिचित भएको बताए । प्रकाशक संस्था जनपक्ष प्रकाशनका प्रमुख पुण्यप्रसाद शर्मासँग आफ्नो वनारस भेटको सम्झना गर्दै प्रा.दाहालले नेपाली साहित्यको श्रीवृद्धिमा सिक्किम, दार्जिलिङको ठूलो योगदान रहँदै आएको बताए ।

उनले लोकापर्ण भएको कृति ‘सिर्जनामा दृष्टि’मा रहेका भूमिकामध्ये केही आफूले अध्ययन गरेको बताउँदै स्रष्टा दाहालको लेखनमा वेजोडको कलात्मकता रहेको आफूले पाएको जिकिर गरे ।

विशिष्ठ कलाकार मदनदाश श्रेष्ठले भाषा, साहित्य कला र संस्कृतिले हामीलाई जीवन्त बनाइ राख्ने बताउँदै यसको संरक्षण, सम्बद्र्धनमा सबैले आ–आफ्नो स्थानबाट भूमिका निभाउनुपर्ने धारणा राखे । स्रष्टा दाहाललाई बधाई तथा शुभकामना दिँदै उहाँले दाहालको सक्रियताको प्रशंसा गरे ।

प्रमुख अतिथि वरिष्ठ इतिहासविद् केसीले समसामयिक देशको परिस्थितिको चर्चा गर्दै देशमा देखिएका तमाम विकृतिलाई पनि सर्जकहरूले उजागर गर्नुपर्ने धारणा राखे । विभिन्न समयमा तमाम घटनाक्रमको उदाहरण दिँदै सर्जकहरूले त्यसको खबरदारी गर्नुपर्ने बताउँदै उनले भने, ‘देशको राजनीतिक परिस्थिति राम्रो हुँदामात्र सबैतिर राम्रो हुन्छ, कठिन परिस्थितिमा पनि सर्जकहरू निरन्तर आफ्ना सधानामा तल्लिन रहेका छन् तर राज्यनिरीह छ । हामी सबैले आ–आफ्नो कत्वर्य पूरा गर्नुपर्छ । देशको मुख्य समस्या भनेको राइट म्यान राइट प्यालेस नहुनु हो ।’

समारोहका सभापति साहित्यकार लेकालीले सर्जक दाहाललाई बधाई तथा धन्यवाद दिँदै स्रष्टा सर्जकले आफ्नोे सिर्जनमा मौलिकतालाई प्राथकितमा राख्नुपर्ने धारणा राखे । उनले पछिल्लो समयमा भएका साहित्यिक गतिविधि, सम्मान र पुरस्कारको चर्चा गर्दै साहित्यिक पत्रकार संघले त्यसको समन्वय गर्दै अघि बढिरहेको जानकारी गराए ।

राज्यले साहित्यकार, सर्जक, साहित्यिक पत्रकारका साथै सिर्जनमा आफ्नो जीवन व्यतीत गर्नेहरूलाई उचित सम्बोधन गर्न नसकेको गुनासो गरे । सो समारोहमा सर्जक दाहललाई सम्मान गरिएको थियो । उनलाई प्रमुख अतिथि र अन्य अतिथिहरूले खादा, माला, दोसल्ला ओडाएर र टोपी पहिराएर सम्मान गरिएको थियो ।

३५६ पेजको ‘सिर्जनमा दृष्टि’मा पुण्यप्रसाद शर्मा (सिक्किम)को ‘विश्वका सर्वश्रेष्ठ कविताहरू’, लेखनाथ पोखरेलका ‘फकलीको गाउँ’, मार्वल हाउसकी शालिनी र चिबे नकटो’, विमला ढुंगना÷निरौला (अमेरिका)को ‘यात्रामा देश’, वसन्त श्रेष्ठ (अमेरिका)को ‘अंगालो भरिको अनुभूति’, डा.डीआर उपाध्यायको ‘कसुर’, मिलन शाह शंकरको ‘कर्ना’, जनक रावलको ‘खाटा बसेको घाउ’, मायादेवी गुरुङ (बेलायत)को ‘ऐना’, अनुशाह (अमेरिकाको) ‘अनुराग’, गोपाल भण्डारी (अमेरिका)को ‘गोपाल भण्डारीका छन्द कविताहरू’, गीता अधिकारीको ‘मैले पढेका ५१ पुस्तक’, लक्ष्मी श्रेष्ठ ‘सगरमाथाको आर्तनाद’, ईश्वरीप्रसाद भुसालको ‘अर्पण’ र राजु सिटौला (अमेरिका)को ‘जीवन मृत्यु’जस्ता १६ कृतिका भूमिका समावेश छन् । कृतिको सम्पादन रमेश दाहालले गरेका छन् ।

विसं स्रष्टा दाहालका कवितासंग्रह ‘श्रद्धाञ्जलि’, खण्डकाव्य ‘रश्मी’, काव्य ‘योद्धा’, कवितासंग्रह ‘हावर्डको चौतारीमा’, महाकाव्य ‘स्वेतपत्र’, कवितासंग्रह ‘म त बन्दी भएको छु’, नियात्रा ‘यात्राको सिकिर्नी’, उपन्यास ‘अहोरात्र’ जस्ता कृति प्रकाशित छन् । उहाँको मिलाप, जनमत, बगरजस्ता पत्रिकामा कभर स्टोरी प्रकाशित हुनुका साथै ‘नव छायाँवादको छवि’, ‘खेमनाथ दाहाल ः सिर्जना र मूल्यांकन’, ‘समालोचना वृतमा खेमनाथ दाहाल’ जस्ता कृति प्रकाशित छन् ।

लोकार्पण समारोहमा साहित्यकार लेखनाथ पोखरेल, रमेश दाहाल, जनक रावल, प्रा.सविता बस्नेत, सन्तोष श्रेष्ठ, डा.बुनु दाहाल, निता श्रेष्ठ, गीता अधिकारी, मदन दाहाल, मिलन शाह शंकर, लक्ष्मीनारायण भट्टराई, सानुकाजी श्रेष्ठ, पिताम्बर आचार्य, भोला अधिकारी, तुलसी गिरी ‘भावुक’, सुभाष शाह शंकर, सुरेन्द्र थापालगायत व्यक्तित्वहरूको बाक्लो उपस्थिति थियो ।

 

Subisu

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

आजदेखि सगरमाथा संवाद सुरु हुँदै: १७५ विदेशी पाहुना काठमाडौंमा

आजदेखि सगरमाथा संवाद सुरु हुँदै: १७५ विदेशी पाहुना काठमाडौंमा

विद्युत् अवरूद्धपछि निर्देशक शाक्यद्धारा निरीक्षण

विद्युत् अवरूद्धपछि निर्देशक शाक्यद्धारा निरीक्षण

पेट्रोल र डिजेलको मूल्य घट्यो

पेट्रोल र डिजेलको मूल्य घट्यो

कीर्ते कागजात बनाउने कारखानामा छापा, तीनजना पक्राउ

कीर्ते कागजात बनाउने कारखानामा छापा, तीनजना पक्राउ

सरकारको नीति तथा कार्यक्रम सदनमा प्रस्तुत गर्न राष्ट्रपतिसमक्ष सिफारिस

यस्ता छ्न् मन्त्रिपरिषद् बैठकका ३० निर्णय (सूचीसहित)

हारेका १७ जनाले अर्को संगठन बनाउँदैमा एनआरएनए विभाजित हुँदैनः प्रधानमन्त्री

एनआरएनएले ग्लोबल कन्क्लेभः यस्ता छन् आठ बुँदे निष्कर्ष

ताजा समाचार

आजदेखि सगरमाथा संवाद सुरु हुँदै: १७५ विदेशी पाहुना काठमाडौंमा

आजदेखि सगरमाथा संवाद सुरु हुँदै: १७५ विदेशी पाहुना काठमाडौंमा

विद्युत् अवरूद्धपछि निर्देशक शाक्यद्धारा निरीक्षण

विद्युत् अवरूद्धपछि निर्देशक शाक्यद्धारा निरीक्षण

पेट्रोल र डिजेलको मूल्य घट्यो

पेट्रोल र डिजेलको मूल्य घट्यो

कीर्ते कागजात बनाउने कारखानामा छापा, तीनजना पक्राउ

कीर्ते कागजात बनाउने कारखानामा छापा, तीनजना पक्राउ

सरकारको नीति तथा कार्यक्रम सदनमा प्रस्तुत गर्न राष्ट्रपतिसमक्ष सिफारिस

यस्ता छ्न् मन्त्रिपरिषद् बैठकका ३० निर्णय (सूचीसहित)

हारेका १७ जनाले अर्को संगठन बनाउँदैमा एनआरएनए विभाजित हुँदैनः प्रधानमन्त्री

एनआरएनएले ग्लोबल कन्क्लेभः यस्ता छन् आठ बुँदे निष्कर्ष

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host