काठमाडौं । शिक्षक महासंघका नेता सिंहदरबारको गेटमै पुगेर फर्किएका छन् । वार्ताको लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा जान लागेको महासंघको टोली गेटमा पुगेर फर्किएको हो ।
शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले भने, ‘शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट सार्वजनिक भएको २५ सदस्यीय नामावली ने शि महासंघले तयार नगरेको ब्यहोरा जानकारी गराउँछौं । आज मिति २०८२ बैशाख १२ गते नवनियुक्त माननीय मन्त्रीज्यूसँग औपचारिक भेटका लागि हामी जाने क्रममा थियौ तर विशेष कारणबश आज हामी मन्त्रालय प्रवेश नगरी फर्किएको कुरा जानकारी गराउँछौं ।’
आजै सरकारको तर्फबाट शिक्षा मन्त्री पन्तले वार्ताको लागि बोलाएका थिए । सोही अनुसार दिउँसो ३ बजे शिक्षा मन्त्रालयमा जान महासंघका नेता तयार भएका थिए ।












