काठमाडौं । कपाल झर्न रोक्ने र नयाँ पलाउने भन्दै प्रचार गरिएको श्रीकेश तेल नामक विवादित उत्पादनको प्रचार सामग्री काठमाडौं महानगरपालिकाले हटाएको छ ।
‘अवैध रुपमा विक्री वितरण हुँदै आएको’भन्दै कतिपयले दाबी गरेका तर, कम्पनीले वैधानिक दाबी गर्दै आएको यो तेलको विज्ञापन महानगरले हटाएको हो ।
विज्ञापन मापदण्ड विपरीत र वडा कार्यालयबाट लिएको स्वीकृतिभन्दा ठुलो बनाएर प्रचार गरेको भन्दै हटाएको महानगरले जनाएको छ ।
उसले भनेको छ, ‘‘काठमाडौं महानगरपालिकाको विज्ञापन मापदण्ड विपरीत र वडा कार्यालयबाट लिएको स्वीकृति भन्दा ठुला विज्ञापन बोर्ड राखेको हुँदा श्री केशको बोर्ड निकालिएको छ ।’’