काठमाडौं । सेयर बजार सूचक मापक नेप्सेको गिरावटले आइतबार पनि निरन्तरता पाएको छ । बिहीबार ९.३२ अंकले घटेको बजार सूचक आइतबार थप गहिरिँदै १७.०४ अंकमा पुगेको हो । बुधबारभन्दा अघिल्ला तीन दिनमा ४८.४२ अंक बजार बढेको थियो ।
असार महिनाको पहिलो कारोबार दिन आइतबार नेप्से १७.०४ अंकले घटेर २०९५.२५ बिन्दुमा अडिएको छ । बजार करेक्शन गहिरिएसँगै होटल तथा पर्यटनमुलक बाहेक सबै १२ ओटै उपसमुहगत सूचक ऋणात्मक बनेका छन् । लघुवित्त सर्वाधिक १.७१ प्रतिशतले घटेको बजारमा विकास बैंक १.२० र अन्यको इन्डेक्स पनि १२ प्रतिशतले घटेको छ । होटल तथा पर्यटनमुलक ०.०४ प्रतिशतले मात्र सकारात्मक बनेको छ ।
आइतबार ५ अर्ब ४७ करोड २२ लाख ५३ हजार ५५१ रुपैयाँको कारोबार भएको छ । यदिन ३१७ कम्पनीका १ करोड ३२ लाख २३ हजार ८८४ कित्ता सेयर ७१ हजार ९९७ पटक खरिद बिक्री भएको हो । बिहीबार ३१३ कम्पनीका १ करोड ४२ लाख ९४ हजार कित्ता सेयर ७७ हजार ४०० पटकमा ६ अर्ब ४४ करोड ३० लाखमा किनबेच भएको थियो । अघिल्लो कारोबार दिन बिहीबारको तुलनामा ९७ करोड ८ लाख रुपैयाँले कम हो ।
कारोबार रकमका आधारमा आज नेपाल फाइनान्स शीर्ष स्थानमा उक्लिएको छ । फाइनान्सको ३० करोड ४० लाख ५३ हजार रुपैयाँ बराबरको ४ लाख ७९ हजार ९८७ कित्ता सेयर किनबेच भएको छ । यस्तै एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको १८ करोड १९ लाख रुपैयाँ, ङादी ग्रुप पावरको १५ करोड २५ लाख, सईडिबी हाइड्रोपावरको १३ करोड २७ लाख र समृद्धि फाइनान्सको १३ करोड १ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।