काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बुधबार १५.५९ अंकले घटेर २७२६.३७ बिन्दुमा कायम भएको छ। आज ३२६ कम्पनीको १ करोड १३ लाख ४५ हजार ९९४ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ७२ करोड ८० लाख रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ।
आजका कारोबारमा १२ उपसूचक राताम्य भएका छन्। वाणिज्य बैंक समूह ०.४९ प्रतिशत, विकास बैंक समूह ०.९२ प्रतिशत, फाइनान्स समूह ०.५९ प्रतिशत र होटल तथा पर्यटन समूह ०.९३ प्रतिशतले घटेका छन्।
यस दिन ३९ कम्पनीको शेयर मूल्य बढेको छ भने २१३ कम्पनीको घटेको छ।












