काठमाडौं। अमेरिका र इरानबीच युद्धविरामका लागि सहमतिको घोषणा भए पनि एसियामा फेरि कच्चा तेलको भाउ बढेको छ। अमेरिका र इरानबीचको युद्धविराम नाजुक चरणबाट गुज्रिरहेकाले तेलको भाउ बढेको हो।
बिहीबार बिहान ब्रेन्ट क्रुड ३.३ प्रतिशतले बढेर ९७.९० डलरमा पुगेको छ भने अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट ३.२ प्रतिशतले बढेर ९७.५५ डलरमा पुगेको छ।
दुई साताको सशर्त युद्धविरामका बाबजुद पनि इसरायलले लेबनानमा भारी आक्रमण गर्यो। त्यसपछि इरानले चेतावनी दिएको छ कि यदि आक्रमण जारी रहेमा उसले पनि कारबाही गर्नेछ।
यसअघि युद्धविरामपछि बुधबार तेलको मूल्य घटेको थियो। युद्धविरामका सर्तहरूमा होर्मुज स्ट्रेटलाई फेरि खोल्ने विषय पनि समावेश छ।












