Outline Khabar
सोमवार, चैत्र ३०, २०८२
Monday, April 13, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
सोमवार, चैत्र ३०, २०८२
Monday, April 13, 2026
                                                       
No Result
View All Result

सरकारी विज्ञापनबारे अन्तरिम आदेशका लागि सुनुवाई गर्न सरकारलाई सर्वाेच्चले झिकायो

सर्वोच्च अदालतमा मुद्दाको सुनुवाइ अनिश्चितकालका लागि स्थगित

काठमाडौं। सरकारी विज्ञापन नीजि मिडियालाई नदिने सरकारको निर्णयको कानुनी आधारबारे अन्तरिम आदेश दिने नदिने विषयमा छलफल गर्न सर्वोच्च अदालतले सरकारलाई झिकाएको छ।

सर्वाेच्च अदालतका न्यायाधीश मेघराज पोखरेलको इजलासले मंगलबारको बहसपश्चात् सरकारलाई अन्तरिम आदेशको छलफलमा उपस्थित हुन आदेश दिएको हो। अन्तरिम आदेशबारे छलफल गर्न चैत ३० मा सरकारलाई उपस्थित हुन समेत आदेश गरिएको छ।
नेपाल मिडिया सोसाइटीका अख्तियारप्राप्त अधिवक्ता अनन्तराज लुर्इंटेलले मिडियामाथि लगाएको विज्ञापन निषेधलाई चुनौति दिंदै सोमबार रिट निवेदन दायर गरेका थिए।

Subisu

मंगलबार भएको बहसमा नेपाल बार एशोसिएशनका अध्यक्ष डा. विजयप्रसाद मिश्र, महासचिव केदार कोइराला, बरिष्ठ अधिवक्ता ललित बहादुर बस्नेत तथा अधिवक्ताहरु अनन्तराज लुईंटेल, विकाश भट्टराई, किर्तिनाथ शर्मा पौडेल, प्रतिभा उप्रेती, विशाल थापा, भक्तिराम घिमिरे लगायतले सरकारको निरकुंश रवैया उपर सर्वाेच्च अदालतले अन्तरिम आदेश मार्फत रोक लगाउन आग्रह गरेका थिए।

बहसमा स्थानीय सरकारको कार्यकारी अधिकारमाथि समेत केन्द्रिय सरकारले हस्तक्षेप गरी संघीयता विरोधी कार्य गरेकोले सो लाई समेत रोक्न आग्रह गरेका थिए।
राष्ट्रिय दैनिक लगायतका प्रमूख संचार माध्यमका प्रकाशकहरुको संस्था रहेको नेपाल मिडिया सोसाइटीले अधिवक्ता लुुईंटेलमार्फत सरकारको निर्णयलाई सर्वाेच्च अदालतमा चुनौति दिएको हो ।

चैत १८ गतेको सचिवस्तरीय निर्णय गरी प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले सरकारी विज्ञापन तथा सूचना संचारमाध्यममार्फत प्रकाशन तथा प्रशारण गर्दा नेपाल सरकार, प्रदेश सरकार तथा स्थानिय तह तथा सो अन्तर्गतका निकाय तथा सार्वजनिक कोष प्रयोग गरी कार्य गर्ने सबै सार्वजनिक निकायहरुले आफ्ना सूचनाहरु गोरखापत्र संस्थान, रेडियो नेपाल, नेपाल टेलिभिजन तथा सरकारी स्वामित्वमा रहेका संचार माध्यममा मात्र प्रकाशन तथा प्रशारण गर्ने निर्णय गरी सबै निकायमा परिपत्र समेत गरेको थियो ।

रिटमा चौथो अंगको विरोध सार्वजनिक भइसकेको र चौथो अंग आतंकीत भइसकेको  समेत उल्लेख गरिएको छ । सरकारको सो निर्णय विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्थापन गर्न बनेको ऐन, २०७६ को दफा १०,११,१२, १३, १४, १५, २६, २७, ३२ तथा ऐ विज्ञापन नियमावली २०७७ को नियम, २९ख२०, ५क, ५ख, ५ग ५, ६, ६क, ९घ, १०क, ११क तथा नेपालको संविधानको धारा १७, १८, १९ ले सुनिश्चित गरेको अभिव्यक्ति स्वतन्त्रता  हक नै निस्तेज बनाउने  कार्य भएको उल्लेख छ ।

रिटमा सरकारको निर्णय तथा परिपत्र नेपालको संविधानको धारा १३३(२)(३) बमोजिम उत्प्रेषणको आदेशद्धारा बदर गरी  अभिव्यक्ति स्वतन्त्रतालाई खुम्चयाउने, कुनैपनि तवरले कमजोर बनाउने कार्य नगनू नगराउनू भनी  प्रतिषेध मिश्रित परमादेश माग गरिएको छ ।

मुद्दाको टुंगो लाग्न समय लाग्ने भएकोले त्यतिन्जेल सो निर्णय नरोकिए जनताको अभिव्यक्ति स्वतन्त्रतामा प्रतिकूल असर परी मुलुकको  चौथो अंग नै  धारासायी भई अभिव्यक्ति स्वतन्त्रता तथा सूचनाको हकमा समेत गम्भीर असर पर्ने भएकोले अन्तरिम आदेश  समेत रिटमा माग गरिएको छ ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

भारतलाई रुसबाट तेल किन्न छुट, पेट्रोलडिजेल महँगो नहुने

होर्मुज स्ट्रेटमा नाकाबन्दी गर्ने ट्रम्पको घोषणा

सुनको मूल्यमा वृद्धि, चाँदीको नयाँ रेकर्ड

घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ किनबेच?

इजरायल र इरानमाथि खनिए ट्रम्प

इरान फेरि कुराकानी गर्न तयार नभए पनि मलाई कुनै चिन्ता छैन : ट्रम्प

कोका-कोलाले सुरु गर्‍यो फिफा वर्ल्ड कप ०२६ अभियान

कोका-कोलाले सुरु गर्‍यो फिफा वर्ल्ड कप ०२६ अभियान

सुदूरपश्चिमको दोस्रो पञ्चवर्षीय योजनाः गुणस्तरीय जीवन सुनिश्चित गर्ने लक्ष्य

सुदूरपश्चिमको दोस्रो पञ्चवर्षीय योजनाः गुणस्तरीय जीवन सुनिश्चित गर्ने लक्ष्य

इरानसँग सम्झौतामा सहमति नजुटेपछि अमेरिकी उपराष्ट्रपति फर्किए

इरानसँग सम्झौतामा सहमति नजुटेपछि अमेरिकी उपराष्ट्रपति फर्किए

ताजा समाचार

भारतलाई रुसबाट तेल किन्न छुट, पेट्रोलडिजेल महँगो नहुने

होर्मुज स्ट्रेटमा नाकाबन्दी गर्ने ट्रम्पको घोषणा

सुनको मूल्यमा वृद्धि, चाँदीको नयाँ रेकर्ड

घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ किनबेच?

इजरायल र इरानमाथि खनिए ट्रम्प

इरान फेरि कुराकानी गर्न तयार नभए पनि मलाई कुनै चिन्ता छैन : ट्रम्प

कोका-कोलाले सुरु गर्‍यो फिफा वर्ल्ड कप ०२६ अभियान

कोका-कोलाले सुरु गर्‍यो फिफा वर्ल्ड कप ०२६ अभियान

सुदूरपश्चिमको दोस्रो पञ्चवर्षीय योजनाः गुणस्तरीय जीवन सुनिश्चित गर्ने लक्ष्य

सुदूरपश्चिमको दोस्रो पञ्चवर्षीय योजनाः गुणस्तरीय जीवन सुनिश्चित गर्ने लक्ष्य

इरानसँग सम्झौतामा सहमति नजुटेपछि अमेरिकी उपराष्ट्रपति फर्किए

इरानसँग सम्झौतामा सहमति नजुटेपछि अमेरिकी उपराष्ट्रपति फर्किए

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host