काठमाडौं। नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर किरण पण्डितले मंगलबार पद तथा गोपनीयताको शपथ लिएका छन्।
गभर्नर प्राडा विश्वनाथ पौडेलसमक्ष उनले शपथ लिएका हुन्।
मन्त्रिपरिषद्को मंगलबारको बैठकले पण्डितलाई डेपुटी गभर्नरमा नियुक्त गरेको थियो।
डेपुटी गभर्नर पण्डितले ०६२ माघ २ गते सहायक निर्देशकको रूपमा बैंक सेवा प्रवेश गरेका थिए। उनी ०६८ सालमा उपनिर्देशक, ०७४ मा निर्देशक हुँदै ०८१ फागुन १ गते कार्यकारी निर्देशकमा पदोन्नति भएका थिए। कार्यकारी निर्देशक रहँदा उनले भुक्तानी प्रणाली विभाग र विदेशी विनिमय व्यवस्थापन विभागको नेतृत्वसँगै बैंकको प्रवक्ताको समेत जिम्मेवारी सम्हालेका थिए।
पण्डित अर्थमन्त्री स्वर्णिम वाग्लेको निर्वाचन क्षेत्र तनहुँका स्थायी बासिन्दा पनि हुन्। सरकारलाई पण्डितलाई डेपुटी गर्भनर बनाए पनि थप अर्काे पद भने रिक्त छ। डेपुटी गर्भनरका दुईवटै पद रिक्त रहेका बेला सरकारले पण्डितलाई मात्र नियुक्त गरेको हो।












