काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री डा.सुधा शर्मा गौतम आइतबार पदभार ग्रहण गरेकी छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएलगत्तै उनले मन्त्रालयमा पुगेर कार्यभार सम्हालेकी हुन्।
उनको पहिलो निर्णय जेनजी आन्दोलनबाट प्रभावित नागरिकलाई मनोपरामर्श सेवा उपलब्ध गराउने भएको छ। डा. शर्मा गौतम पहिले पनि स्वास्थ्य मन्त्रालयकी सचिव रहिसकेकी छन् र लामो समयदेखि स्वास्थ्य क्षेत्रमा अनुभव छ।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले पतन भई सुशीला कार्की नेतृत्वको नयाँ सरकार गठन भएको थियो। स्वास्थ्य मन्त्रालयले मनोपरामर्श सेवाका माध्यमबाट आन्दोलनका समयमा मानसिक आघात भोगेका नागरिकलाई सहयोग गर्ने लक्ष्य राखेको छ।












