काठमाडौं । प्रतिनिधिसभामा असार ६ गते प्रधनमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने भएको छ। संघीय संसद सचिवालयको संसदीय क्यालेन्डरमा असार ६ गते प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम संचालन हुने छ।
प्रतनिधिसभा नयिमावली २०७९ परिच्छेद ९ मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरसम्बन्धी कार्यक्रमको व्यवस्था छ।
महिनाको पहिलो साताको कुनै एक दिनको बैठकको पहिलो एक घण्टा निर्धारण गर्ने व्यवस्था छ। जेठमा भने याे सञ्चालन हुन सकेन।