काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ले नयाँ उपलब्धि हात पारेकी छन्। उनी न्यूजिल्याण्डको वेलिंगटन फिनिक्स फुटबल क्लबमा अनुबन्ध भएकी छन्।
फिनिक्सले उनलाई अष्ट्रेलियाको ए लिग महिला फुटबल प्रतियोगिताको नयाँ सिजनका लागि अनुबन्ध गरेको हो। साम्बा हालैसम्म फ्रान्सको क्लब एन अभान्ट ग्वेंगाम्पबाट खेलिरहेकी थिइन्। उनले सामाजिक सञ्जालमार्फत उक्त क्लबबाट अलग भएको जानकारी दिएकी थिइन्।
नेपाली महिला फुटबलकी स्टार खेलाडी साम्बासँग इजरायल, भारत, र माल्दिभ्सका क्लबहरूमा खेलेको अन्तर्राष्ट्रिय अनुभव छ। उनको यो नयाँ क्लबसँगको अनुबन्ध नेपाली महिला फुटबलको अन्तर्राष्ट्रिय पहिचानका लागि थप उपलब्धिको रूपमा हेरिएको छ।




![मेरो शरीरमा बीपीको विचार छ, गणेशमानको साहस छ : गगन थापा[पूर्णपाठ]](https://www.outlinekhabar.com/wp-content/uploads/2026/01/gagannn-360x180.jpg)





![मेरो शरीरमा बीपीको विचार छ, गणेशमानको साहस छ : गगन थापा[पूर्णपाठ]](https://www.outlinekhabar.com/wp-content/uploads/2026/01/gagannn-120x86.jpg)

