Outline Khabar
सोमवार, बैशाख २९, २०८२
Monday, May 12, 2025
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
सोमवार, बैशाख २९, २०८२
Monday, May 12, 2025
                                                       
No Result
View All Result

अपाङ्गता भएका व्यक्तिहरुलाई सामाजिक सञ्जाल सुरक्षा सम्बन्धी अभिमुखीकरण

अपाङ्गता भएका व्यक्तिहरुलाई सामाजिक सञ्जाल सुरक्षा सम्बन्धी अभिमुखीकरण
Subisu

काठमाडौं । बदलिँदो समयमा प्रविधिको दुरपयोगमार्फत हुने साइबर अपराधका जोखिम के कस्ता हुन्छन्, त्यसबाट कसरी सचेत, सावधान रहने र यसका कानूनी उपचारका विधि के कस्ता छन् भन्ने सन्दर्भमा अपाङ्गता भएका व्यक्तिहरुका लागि सामाजिक सञ्जाल सुरक्षा (साइबर सेक्युरिटी)सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको छ ।

बुधबार काठमाडौंमा वी नेपालको आयोजना तथा काठमाडौं महानगरपालिका वडा नं. ९ को आर्थिक सहयोगमा सो अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा साइबर अपराध, परिचय, कानूनी प्रावधान र सुरक्षाका उपाय सम्बन्धमा अन्तरक्रियात्मक रुपमा अभिमुखीकरण भएको थियो ।

Subisu

साइबर ब्यूरोका प्रहरी उपरीक्षक जीर बहादुर बुढाले अपाङ्गता भएका नागरिक, जनप्रतिनिधि, अपाङ्गता भएका नागरिकको अधिकारमा क्रियाशिल संघ संस्थाका प्रतिनिधि लगायतलाई अभिमुखीकरण प्रदान गरेका हुन् । साइबर अपराध एवं जोखिमका हिसावले नेपाल विश्वकै एकदेखि दश नम्बरसम्म पर्ने गरेको बुढाले बताए ।

पछिल्लो समय सामाजिक सञ्जालको प्रयोगमा उल्लेख्य वृद्धि भएको छ । समय बिताउने माध्यम सामाजिक सञ्जाल भइरहेको छ । अहिले धेरैले फेसबुक, ट्वीटर, टिकटक, युट्युवजस्ता सामाजिक सञ्जलामा अधिकांश बिताइरहेका छन् । त्यस्ता सामाजिक सञ्जाल कसरी सुरक्षित रूपमा चलाउने भन्ने विषय हाम्रा लागि महत्वपूर्ण हन्छ, सामाजिक सञ्जालसँग प्रत्येकको परिचयसमेत जोडिएको हुन्छ । यदि कसैले कसैको सामाजिक सञ्जालमा पहुँच पाएको खण्डमा त्यसले त्यसले निजको जीवनमा पार्नसक्ने क्षतिको आँकलन गर्न जरूरी छ ।

काठमाडौं महानगरपालिका वडा नं. ९ कि वडा सदस्य सृजना भेटवालले व्यक्तिमा शारीरिक रुपमा अपाङ्गता हुँदैमा मानसिक रुपमा पनि कमजोर हुन्छ भन्ने मान्यता फेरिनुपर्ने बताइन् ।

भेटवालले यस्ता साईबर अपराध सम्बन्धि जागरण कार्यक्रमका श्रृंखलाहरु निरन्तर रुपमा गर्नुपर्ने आवश्यकताबोध आफुले गरेको बताएकी थिइन् । वडा नं.९ कै वडा सदस्य रचना सुनामले आगामी दिनमा पनि यस्ता रचनात्मक कार्यक्रम वडाले गर्ने प्रतिबद्वता व्यक्त गरिन् । वी नेपालीकी अध्यक्ष साबु पौड्यालले साइबर अपराधले निम्त्याएका भयानक परिणामबारे बहस प्रारम्भ भएपनि अपाङगता भएका नागरिकहरुलाई सामाजिक संजाल सुरक्षा सचेतनाका कार्यक्रम अन्य नागरिकलाई भन्दा बढी आवश्यक पर्ने बताइन् ।

अपाङगता भएका नागरिकहरु प्रतिरोध गर्न सक्दैनन भन्ने मानसिकताका कारण पनि उनीहरुविरुद्व अरु हिंसादेखि साइबरमार्फत हुने अपराधजन्य घटना बढी मात्रामा घट्ने सम्भावना हुने हुँदा यो बहसलाई अपाङ्गता भएका नागरिकका बीचमा अझ विस्तारित रुपमा लानुपर्नै आवश्यक्ता रहेको पौड्यालले धारणा थियो । पौड्यालले भनिन्,‘आगामी दिनमा यस्ता कार्यक्रमलाई अन्य वडामा समेत विस्तारको योजनामा हामी छौं ।’

कार्यक्रममा साइबर ब्यूरोका सब इन्स्पेक्टर जिर बहादुर बुढाले साईबर अपधका विविध पक्षबारे जानकारी प्रदान गर्दै यसको प्रकृति, प्रकार, परिणाम, उजुरी प्रक्रिया एवं दण्ड सजायका बारेमा बताएका थिए ।

उनले भने, ‘सामाजिक सञ्जालवाट न्याय पाईन्छ भन्ने गलत सोंचका कारण पनि साईबरजन्य अपराध भएका हुने गरेका छन् ।’ सञ्जालमा आक्रोश पोख्ने, चरित्र हत्या गर्ने, मानहानी गर्ने, अश्लिलजन्य गतिविधी गर्ने, त्यस्ता सामग्रीलाई आधार बनाएर ब्ल्याकमेल गर्ने, सामाजिक सञ्जालमार्फत नागरिकका गोप्य सूचनाहरु ह्याक गर्ने, बालबालिकाका भिडियोहरु सार्वजनिक गर्ने लगायतका कामहरु सामाजिक सञ्जालका माध्यमबाट हुँदै आएको बुढाले बताए ।

कोही उत्तेजनामा आएर, कोही नियतबश त कति अन्जानमा समेत सामाजिक सञ्जालको मर्यादा नाघेर अपराधको तहसम्म पुग्ने गरेका छन्, बुढाको भनाइ थियो । सामाजिक सञ्जालको लत भयानक देखिएको उनले बताए । सामाजिक सञ्जाल दुरुपयोग फेसबुक, इन्स्टाग्राम, यूट्यूब, एक्स, ह्वाट्स्याप, भाइबर, इमोजस्ता विभिन्न प्ल्याटफर्ममा भइरहेको तर अधिकांश – झण्डै ८३ प्रतिशत – चाहिँ फेसबुकका प्ल्याटफर्ममा भइरहेको बुढाको भनाइ थियो ।

‘अकाउन्ट ह्याक भएको उजुरी देखि अनलाइन माध्यमबाट वित्तीय ठगीका उजुरी सम्म छन् । जसमा विभिन्न प्रलोभन देखाएर फसाउने र ठग्नेदेखि लिएर सेक्सटोर्शन अर्थात् गोप्य गतिविधि सार्वजनिक गर्दिने धम्की दिँदै गरिने शोषण वा ब्ल्याकमेलका घटना छन्,‘ बुढाले बताए ।

तीबाहेक पहिचान चोर्ने, चरित्रहत्या गर्ने, मानहानि, बुलिङ, घृणा अभिव्यक्ति, अश्लील फोटो सार्वजनिक गरिदिने धम्की, हिंसाको धम्की तथा पोर्नोग्राफीजस्ता घटनाका उजुरी पनि आउने गरेको जानकारी बुढाले दिए ।

Subisu

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

युद्धविरामपछि भारतीय सेनाद्वारा ‘पहिलो शान्त रात’ घोषणा

युद्धविरामपछि भारतीय सेनाद्वारा ‘पहिलो शान्त रात’ घोषणा

विराट कोहलीद्वारा टेस्ट क्रिकेटबाट सन्यासको घोषणा

विराट कोहलीद्वारा टेस्ट क्रिकेटबाट सन्यासको घोषणा

‘भारत–पाकिस्तानबीच झण्डै–झण्डै हात हालाहालको स्थिति आयो, हामीले संयमित हुन आग्रह गर्‍यौँ’

‘भारत–पाकिस्तानबीच झण्डै–झण्डै हात हालाहालको स्थिति आयो, हामीले संयमित हुन आग्रह गर्‍यौँ’

जडीबुटी–पेप्सीकोला सडक सीमामा पर्ने संरचना हटाउन ३५ दिनको समय

जडीबुटी–पेप्सीकोला सडक सीमामा पर्ने संरचना हटाउन ३५ दिनको समय

कीर्तिपुर क्रिकेट रंगशाला निर्माणमा ढिलाइबारे प्रधानमन्त्रीको गम्भीर चासो

अहिंसाको उज्यालो प्रकाश, मानवता र करुणाको अमूल्य उपहार गौतम बुद्धः प्रधानमन्त्री

सुनको भाउमा नयाँ रेकर्ड

३७ सयले घट्यो सुनको भाउ

ताजा समाचार

युद्धविरामपछि भारतीय सेनाद्वारा ‘पहिलो शान्त रात’ घोषणा

युद्धविरामपछि भारतीय सेनाद्वारा ‘पहिलो शान्त रात’ घोषणा

विराट कोहलीद्वारा टेस्ट क्रिकेटबाट सन्यासको घोषणा

विराट कोहलीद्वारा टेस्ट क्रिकेटबाट सन्यासको घोषणा

‘भारत–पाकिस्तानबीच झण्डै–झण्डै हात हालाहालको स्थिति आयो, हामीले संयमित हुन आग्रह गर्‍यौँ’

‘भारत–पाकिस्तानबीच झण्डै–झण्डै हात हालाहालको स्थिति आयो, हामीले संयमित हुन आग्रह गर्‍यौँ’

जडीबुटी–पेप्सीकोला सडक सीमामा पर्ने संरचना हटाउन ३५ दिनको समय

जडीबुटी–पेप्सीकोला सडक सीमामा पर्ने संरचना हटाउन ३५ दिनको समय

कीर्तिपुर क्रिकेट रंगशाला निर्माणमा ढिलाइबारे प्रधानमन्त्रीको गम्भीर चासो

अहिंसाको उज्यालो प्रकाश, मानवता र करुणाको अमूल्य उपहार गौतम बुद्धः प्रधानमन्त्री

सुनको भाउमा नयाँ रेकर्ड

३७ सयले घट्यो सुनको भाउ

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host