रामेछाप । रामेछापको लिखु तामाकोशी गाउँपालिका–७, हलेदेमा सडक भासिँदा सवारी आवागमन अवरुद्ध भएको छ।
काठमाडौँबाट दोलखाको चरिकोट हुँदै मन्थलीतर्फ जाने यातायातका साधन बीच बाटोमै रोकिएका छन्। स्थानीय सञ्जीव चौहानका अनुसार यात्रुहरू बाटोमा अलपत्र परेका छन्।
प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले सडक मर्मत गरी आवागमन सुचारु गर्ने प्रयास भइरहेको जानकारी दिएका छन्।












