काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौंका तीनवटा निर्वाचन क्षेत्रमा जित निकालेको छ।
नतिजा आएका तीनै काठमाडौं १ मा रञ्जु दर्शना, ६ मा शिशिर खनाल र ८ मा विराजभक्त श्रेष्ठ निर्वाचित भएका हुन्। रञ्जु पहिलोपटक संसद प्रवेश गर्दैछिन् भने खनाल र श्रेष्ठले यसअघि ०७९ मा पनि जितेका थिए।
काठमाडौं ८ मा श्रेष्ठका सबै २१ प्रतिस्पर्धीको जमानत जफत भएको छ।
कुल सदर मतको १० प्रतिशत नल्याउनेको जमानत जफत हुन्छ। श्रेष्ठ २४ हजार ५९२ मतसहित विजयी हुँदा निकटतम प्रतिस्पर्धी नेकपाका सुमन सायमीले ३ हजार २१७ मत मात्र पाए, जुन १० प्रतिशत पुग्दैन। कांग्रेसका सपना राजभण्डारी (२ हजार ८३५), एमालेका राजेश शाक्य (१ हजार ९०९) र राप्रपाका नबिन शाहीले १ हजार ९०९ मत मात्र पाए।




![मेरो शरीरमा बीपीको विचार छ, गणेशमानको साहस छ : गगन थापा[पूर्णपाठ]](https://www.outlinekhabar.com/wp-content/uploads/2026/01/gagannn-360x180.jpg)





![मेरो शरीरमा बीपीको विचार छ, गणेशमानको साहस छ : गगन थापा[पूर्णपाठ]](https://www.outlinekhabar.com/wp-content/uploads/2026/01/gagannn-120x86.jpg)

