Outline Khabar
आइतवार, माघ ११, २०८२
Sunday, January 25, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
आइतवार, माघ ११, २०८२
Sunday, January 25, 2026
                                                       
No Result
View All Result

रोटरी क्लब अफ भक्तपुरको पदस्थापन कार्यक्रम, अध्यक्षमा धौभडेल

रोटरी क्लब अफ भक्तपुरको पदस्थापन कार्यक्रम, अध्यक्षमा धौभडेल

भक्तपुर । रोटरी क्लब अफ भक्तपुरले आफ्नो २१ औं पदस्थापन कार्यक्रम सम्पन्न गरेको छ । डिस्ट्रिक्ट गभर्नर राजेन्द्रमान शरेचनको प्रमुख आतिथ्य, काउन्सिल अफ गभर्नर, डिस्ट्रिक्ट अधिकारी, विभिन्न क्लबका आमन्त्रित अतिथि रोटरियन तथा क्लबका सदस्यहरुको उपस्थितिमा क्लबले सो कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा गएको रोटा वर्षमा प्रभावकारी रुपमा जिम्मेवारी बहन एवम् कार्यसम्पादन गर्ने बोर्ड मेम्बरहरुलाई  निर्वतमान अध्यक्ष गंगा लक्ष्मी अवालले धन्यवाद व्यक्त गरिन् भने नयाँ रोटा वर्षका अध्यक्ष डा.ज्ञानेन्द्र नारायण धौभडेलले क्लबको अध्यक्षको रुपमा जिम्मेवारी बहन गर्दै गर्दा गौरबको अनुभूति गरेको भन्दै रोटरीे इन्टरनेशनलको मर्मलाई आत्मसाथ गर्दे सामूहिकताका साथ आफुले काम गर्ने प्रतिबद्वता व्यक्त गरे ।

Subisu

कार्यक्रममा प्रमुख अतिथिका रुपमा रहेका रोटरी डिस्ट्रिक्ट ३२९२ नेपाल भूटानका रोटा वर्ष २०२४ं/२५ का डिस्ट्रिक्ट गभर्नर राजेन्द्रमान शेरचनले रोटरी इन्टरनेशनल अध्यक्ष र आफुले तय गरेको मर्म र लक्ष्यका बारेमा जानकारी गराउँदै आफ्ना कार्ययोजनाबारे बताएका थिए ।

कार्यक्रममा भक्तपुर जिल्लाबाट गएको एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई छात्रवृति तथा सम्मान, क्लबले सहकार्य गरेका परियोजनामा सहयोग गर्ने विभिन्न क्लब तथा संघ संस्था र नेपाली अपाङ्गता आन्दोलनमा अपाङगता भएका महिलाहरुको सशक्तिकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेकी अधिकारकर्मी मुना मुलेपाटीलाई सम्मान तथा प्रशंसापत्र प्रदान गरिएको थियो ।

क्लबमा रोटरीको विविधताको मर्मनुरुप वित्तिय क्षेत्रसँग आवद्व व्यक्तित्वहरु, व्यवसायी, उद्यमी, नेपाल सरकारका पूर्व उच्च पदस्थ कर्मचारी, शिक्षा, स्वास्थ्य, लगायतका यावत क्षेत्रका व्यक्तित्वहरु सदस्यका रुपमा रहेका छन् । क्लबले २१ वर्षको दौरानमा समुदायको आर्थिक, सामाजिक रुपान्तरण एवं सशक्तिकरणका लागि उल्लेखनीय परियोजना सम्पन्न गरेको छ ।

उनले भने,‘क्लबले नेपालको रोटरी अभियानमा एक गतिशिल एवं सशक्त क्लबका रुपमा उभ्याउन सफल भएको छ । विभिन्न समयमा क्लबले समाजमा परियोजनाको दीगोपनालाई मध्येनजर गर्दै विभिन्न परियोजना गर्ने गरेको छ ।’

क्लबले रोटरीका प्राथमिकताका साथै क्षेत्रमा काम सानादेखि ठूला परियोजना सम्पन्न गरिरहेको छ । कोही सम्पन्न भइसकेका छन्, त कोही परियोजना चलिरहेका छन त कोही योजनामा छन् ।

खानेपानी तथा सरसफलाई, आधारभूत शिक्षा तथा साक्षरता, स्वास्थय उपकरण हस्तान्तरण, विद्यालयमा कम्युटर, बालिका शिक्षाका लागि छात्रवृत्ति,स्वास्थ्य शिविर, वृक्षारोपण, शैक्षिक सामाग्री हस्तान्रतण, रक्तदान, जाडो याममा न्यानो लुगा वितरण लगायतका यावत कार्यक्रम क्लबले गरेको छ ।

भक्तपुर क्यान्सर हस्पिटलमा पहिलो ग्लोबल ग्रान्ट, मेधा स्कूलको भवन पुनर्निर्माण, मेन्सुरल हाईजिन, क्यान्सर केयर, अन्य विद्यालयका विद्यालय भवन निर्माण, भक्तपुरका ऐतिहासिक एवं पुरातात्विक सांस्कृतिक सम्पदाको प्रचार एवं प्रर्वद्वनमा पनि क्लबले विभिन्न समयमा विविध कार्यक्रम गर्दै आएको छ ।

क्लबका तीन रोट्रयाक्ट र पाँच इन्ट्रयाक्ट क्लब रहेका छन् । क्लबका संस्थापक अध्यक्ष रोटरियन कृष्णप्रसाद ताम्राकार रहेका थिए । सन् २००३ मा भक्तपुरका १७ युवाहरु मिलेर उक्त क्लब स्थापना भएको थियो । क्लबको २१ औं पदस्थापनमा थपिएका २ सदस्य सहित क्लबको सदस्य संख्या ४० पुगेको छ ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

राष्ट्रियसभा अधिवेशन आजदेखि, हेर्नुहोस् सम्भावित कार्यसूची

राष्ट्रिय सभा सदस्यका लागि सातै प्रदेशमा मतदान

‘मितेरी गंगादेवी शान्ति पुरस्कार’ गोरखमायालाई

‘मितेरी गंगादेवी शान्ति पुरस्कार’ गोरखमायालाई

काठमाडौं–५ मा पुस्तान्तरण : नैतिकता र परिवर्तनको बहस बन्दैछ शर्माको उम्मेदवारी

काठमाडौं–५ मा पुस्तान्तरण : नैतिकता र परिवर्तनको बहस बन्दैछ शर्माको उम्मेदवारी

भोटेकोशी क्षेत्रमा ठूलो वर्षाको सम्भावना छैन: विभाग

यी प्रदेशमा हल्का वर्षाको सम्भावना

सुनको मूल्यमा वृद्धि, चाँदीको नयाँ रेकर्ड

सुनको भाउमा ऐतिहासिक रेकर्डः तोलाको ३ लाख बढी

निर्वाचनका लागि ६४ दल दर्ता

नजिकिँदै निर्वाचनः उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिँदै

ताजा समाचार

राष्ट्रियसभा अधिवेशन आजदेखि, हेर्नुहोस् सम्भावित कार्यसूची

राष्ट्रिय सभा सदस्यका लागि सातै प्रदेशमा मतदान

‘मितेरी गंगादेवी शान्ति पुरस्कार’ गोरखमायालाई

‘मितेरी गंगादेवी शान्ति पुरस्कार’ गोरखमायालाई

काठमाडौं–५ मा पुस्तान्तरण : नैतिकता र परिवर्तनको बहस बन्दैछ शर्माको उम्मेदवारी

काठमाडौं–५ मा पुस्तान्तरण : नैतिकता र परिवर्तनको बहस बन्दैछ शर्माको उम्मेदवारी

भोटेकोशी क्षेत्रमा ठूलो वर्षाको सम्भावना छैन: विभाग

यी प्रदेशमा हल्का वर्षाको सम्भावना

सुनको मूल्यमा वृद्धि, चाँदीको नयाँ रेकर्ड

सुनको भाउमा ऐतिहासिक रेकर्डः तोलाको ३ लाख बढी

निर्वाचनका लागि ६४ दल दर्ता

नजिकिँदै निर्वाचनः उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिँदै

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host