Outline Khabar
बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
                                                       
No Result
View All Result

रोटरी क्लब अफ कुपण्डोलको स्थापना दिवसमा संस्थापक सदस्यलाई सम्मान

ललितपुर । रोटरी क्लब अफ कुपण्डोलले आफ्नो २४ औँ स्थापना दिवस मनाउनुका साथै रोटा वर्ष २०२४/२०२५ को नयाँ कार्यसमितिको पदस्थापन कार्यक्रम सम्पन्न गरेको छ ।

डिस्ट्रिक्ट गभर्नर राजेन्द्र प्रसाद ध्वजुको प्रमुख आतिथ्य, काउन्सिल अफ गभर्नर, डिस्ट्रिक्ट अधिकारी, विभिन्न क्लबका आमन्त्रित अतिथि रोटरियन तथा क्लबका सदस्यहरुको उपस्थितिमा क्लबले सो कार्यक्रम सम्पन्न गरेको हो ।

Subisu

स्थापना दिवसका अवसरमा क्लबका संस्थापक सदस्यहरुलाई सम्मान समेत गरिएको छ । गएको रोटा वर्षमा प्रभाकारी रुपमा जिम्मेवारी बहन एवं कार्यसम्पादन गर्ने बोर्ड मेम्बरहरुलाई अध्यक्ष नबराज बरालले प्रशंसापत्र समेत कार्यक्रममा प्रदान गरेका थिए भने आगामी रोटा वर्षका लागि निर्वाचित अध्यक्ष लोचन जोशीले रोटरीको इन्टरनेशनलको मर्मलाई आत्मसाथ गर्दे सम्पूर्ण रुपमा आफुले काम गर्ने प्रतिवद्वता व्यक्त गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा रहेका रोटरी डिस्ट्रिक्ट ३२९२ नेपाल भूटानका रोटा वर्ष २०२३ं/२४ का डिस्ट्रिक्ट गभर्नर राजेन्द्र प्रसाद ध्वजुले क्लबका यो रोटा वर्षको कार्यसमितिलाई आभार प्रकट गर्दै आगामी रोटा वर्षको कार्यसमितिलाई बधाइका साथै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा स्वास्थ्यको क्षेत्रमा अतुलनिय योग्दान दिएको भन्दै क्लबमा स्थापित आरसीके नन्दकुमारी भोकेश्नल अवार्ड थापाथलीस्थित प्रसुती गृहका चिकित्सक डा.मोजिबर रहमान र नर्स पवित्रा वस्नेतलाई प्रदान गरिएको हो ।

डा.रहमानले प्रसुति गृहमा अहिलेसम्म ५० हजार भन्दा बढिको अपरेशन गरिसकेका छन् । त्यसैगरी अर्को अवार्ड रोटरी भोकेश्नल एक्सिलेन्स अवार्ड सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरलाई उत्साहजनक रुपमा उकास्न सफल भएको भन्दै कागेश्वरी मनोहरा नगरपालिकाको श्री सिद्विगणेश माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष राजकुमार थापालाई प्रदान गरिएको हो ।

रोटरी क्लब अफ कुपण्डोल सन २००१ मा २८ जना सदस्यबाट स्थापना भएको क्लब हो । क्लबको संस्थापक अध्यक्ष डा रविन्द्र श्रेष्ठ हुन । रोटरी क्लब अफ कुपण्डोलको स्थापनाका लागि रोटरी क्लब अफ पाटनले स्पोन्सर गरेको थियो ।

आर आर पाण्डे क्लबको जिएसआर रहेका थिए । जसलाई अहिले न्यू क्लब एडभाइजर भनिन्छ । हाल क्लबमा ३३ जना सदस्य रहेका छन् ।

क्लबमा रोटरीको विविधताको मर्मनुरुप वित्तीय क्षेत्रसँग आवद्व व्यक्तित्वहरु, वरिष्ठ सञ्चारकर्मी, व्यवसायी, उद्यमी, नेपाल सरकारका पूर्व सचिवहरु, निवृत्त सुरक्षा प्रमुख, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रका व्यक्तित्वहरु सदस्यका रुपमा रहेका छन् ।

क्लबले २४ वर्षको दौरानमा समुदायको आर्थिक सामाजिक रुपान्तरण एवं सशक्तिकरणका लागि उल्लेखनिय परियोजना सम्पन्न गरेको आइपीडिजी जितेन्द्र बहादुर राजभण्डारीले बताए । उनले भने, क्लबले नेपालको रोटरी अभियानमा एक गतिशिल एवं सशक्त क्लबका रुपमा उभ्याउन सफल भएको छ ।

क्लबबाट रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल भूटानको डिस्ट्रिक्ट गभर्नरको नेतृत्व सम्त प्रदान गरेको छ । रोटा वर्ष २०२२/२०२३ को रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल भूटानको डिस्ट्रिक्ट गभर्नर क्लबका पूर्व अध्यक्ष रोटरियन जितेन्द्र बहादुर राजभण्डारी रहेका थिए । उनले आफ्नो गभर्नरको कार्यकालमा रोटरी डिस्ट्रिक्ट ३२९२ नेपाल भूटानको छविलाई थप सुदृढ गर्न सफल भएका थिए ।

राजभण्डारीको कार्यकालमा रोटरी इन्टरनेशनल प्रेसिडेन्ट जेन्निफर जोन्सदेखि रोटरीका उच्च पदस्थ अधिकारीहरुले नेपाल भ्रमण गरेका थिए । यसका अतिरिक्त प्रत्येक रोटा वर्षजसो डिस्ट्रिक्टका विभिन्न कमिटीको नेतृत्वमा समेत क्लबका सदस्यहरुको बलियो उपस्थिति रहने गरेको छ ।

रोटा वर्ष २०२३/२४ मा क्लबबाट डिस्ट्रिक्टका विभिन्न कमिटीको नेतृत्वमा १२ जना थिए भने आगामी रोटा वर्षमा १४ जना डिस्ट्रिक्टमा विभिन्न महत्वपूर्ण जिम्मेवारी सम्हाल्दैछन् । विभिन्न समयमा क्लबले समाजमा परियोजनाको दीगोपनालाई मध्यनजर गर्र्दै विभिन्न परियोजना गर्ने गरेको छ ।

करिब १२ वर्ष सम्म सञ्चालित क्लबको एक महत्पूर्ण परियोजना हो, अपाङ नवजीवन केन्द्रमा सञ्चालित परियोजना । जसअन्तर्गत क्लबले अमेरिकाको रोटरी क्लब अफ बेल्भ्यूको आर्थिक सहयोगमा सो परियोजना सञ्चालित थियो । देश द्वन्द्वबाट प्रभावित भएका बेला द्वन्द्व प्रभावित बालबालिकाहरुलाई विभिन्न सरोकारवाला संघसंस्थाले अपाङ नवजीवन केन्द्रमा ल्याउँथे भने क्बले ति बालबालिकाहरुको स्वास्थ्य उपचार एवं शिक्षाका लागि सहयोग गर्ने गथ्र्यो ।

केन्द्रमा रहेका बालबालिकाको स्वास्थ्य र शिक्षाका सन्दर्भमा क्लबले कक्षा कोठाको साजसज्जा, रङरोगन, आँखा शिविर आयोजना गर्नेदेखि क्लबका सदस्यले बालबालिकासँगै जन्मदिन मनाउने गर्थे । यसैविच पछिल्लो समयमा क्लबमा साढे चार लाख डलर भन्दा बढिको ग्लोबल ग्रान्ट प्राप्त भएको छ जसबाट सिटी स्क्यान र त्यससँग सम्बन्धित समानहरु शिर मेमोरियल अस्पताल बनेपालाई हस्तान्तरण गरिनेछ ।

क्बलले यसका अतिरिक्त विभिन्न समयमा ललितपुर, नुवाकोट, धादिङ, गोर्खा लगायतका जिल्लामा खानेपानी, विद्यालय भवन निर्माण, विद्यालयमा बालिकामैत्री शौचालय निर्माण लगायतका विविध परियोजनाहरु सम्पन्न गरिसकेको छ ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

०६२ यताका उच्च पदस्थहरूको सम्पत्ति छानबिन गर्न बन्यो आयोग

जेनजी विद्रोहः सुरक्षा संयन्त्रको हकमा अध्ययन गर्न समिति गठन

०६२ यताका उच्च पदस्थहरूको सम्पत्ति छानबिन गर्न बन्यो आयोग

०६२ यताका उच्च पदस्थहरूको सम्पत्ति छानबिन गर्न बन्यो आयोग

कांग्रेसभित्र विवाद झन् चर्कियोः स्पष्टीकरण मागिएपछि खड्काले भने-‘हाँस्यास्पद र निरर्थक’

कांग्रेसभित्र विवाद झन् चर्कियोः स्पष्टीकरण मागिएपछि खड्काले भने-‘हाँस्यास्पद र निरर्थक’

एनसेल प्रयोगकर्तालाई हिमालयन जाभा कफीको चुस्कीमा छुट

एनसेल प्रयोगकर्तालाई हिमालयन जाभा कफीको चुस्कीमा छुट

काठमाडौंमा रात्रि अर्थतन्त्र रूपान्तरणको अवसर, रात्रिबस विस्तारको योजना के छ?

काठमाडौंमा रात्रि अर्थतन्त्र रूपान्तरणको अवसर, रात्रिबस विस्तारको योजना के छ?

अजिटम स्कुलका लागि बेलायतले सहयोग गर्ने शिक्षामन्त्री पोखरेलको विश्वास

अजिटम स्कुलका लागि बेलायतले सहयोग गर्ने शिक्षामन्त्री पोखरेलको विश्वास

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host