काठमाडौं । देशभर ६७.३ प्रतिशत रोपाइँ सकिएको छ । कृषि मन्त्रालयका अनुसार अहिलेसम्म नौ लाख ४० हजार पाँच सय हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको हो ।
कोशी प्रदेशमा ६१.७, मधेस प्रदेशमा ६१.५, बागमती प्रदेशमा ६९.२, गण्डकी प्रदेशमा ७५, लुम्बिनी प्रदेशमा ६६.७, कर्णाली प्रदेशमा ७८ र सुदूरपश्चिम प्रदेशमा ८६ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको मन्त्रालयले जनाएको छ ।
यो साता पानी परेकाले गत हप्ताको भन्दा बढी क्षेत्रफलमा रोपाइँ भएको हो। चौथो सातापछि वर्षा निरन्तर भएकाले रोपाईं धेरै भएको मन्त्रालयले जनाएको छ।