एजेन्सी । पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डोले युरो कप २०२४ मा अर्को कीर्तिमान आफ्नो नाममा गरेका छन्। गएराति भएको चेक रिपब्लिकविरुद्धको खेलमा रोनाल्डोले युरोकपको ६ वटा संस्करण खेल्ने पहिलो खेलाडी बन्दै कीर्तिमानको चाङ बढाएका हुन्।
युरोकपको पहिलो खेलमा चेक रिपब्लिकविरुद्ध रोनाल्डोले कीर्तिमान कायम गरेका हुन्। ३९ वर्षीय रोनाल्डोले देशका लागि २ सय ९ कीर्तिमानी खेल खेल्दै १ सय ३० गोल गरेका छन्।
गएरातिको खेलमा रोनाल्डो गोलविहिन बनेपनि चेक रिपब्लिकमाथि २–१ को जित हात पारेको छ। अल नासारका फरवार्ड रोनाल्डोले साउदी प्रो लिगमा मा ३१ खेलमा ३५ गोल गरेका थिए।
पोर्चुगलका लागि दुई दशकमा रोनाल्डोले कीर्तिमानी प्रर्दशन गर्दै आइरहेका छन्।