काठमाडौं । रोल्पाको तालाबाङमा भएको जिप दुर्घटना हुँदा सात जनाकाे मृत्यु भएकाे छ। एक नाबालकसहित पाँचजनाको घटनास्थलमै र दुईको उपचारको क्रममा ज्यान गएको हो।
चार यात्रु गम्भीर घाइते छन्। माडी गाउँपालिकाको घर्तीगाउँबाट वडा नं. ४ तालाबाङतर्फ जाँदै गरेको लु १ ज ३२५२ नम्बरको जिप सोमबार बेलुका करिब ६ बजेतिर परेवा छहरा भन्ने ठाउँमा दुर्घटना भएको प्रहरीले जनाएको छ। जिप सडकबाट करिब चार सय मिटर तल पुगेको स्थानीयले बताएका छन्।
जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक भरत लामाका अनुसार जिपमा ११ जना सवार थिए।