काठमाडौं । दोलखा गौरीशंकर गाउँपालिका–९ स्थित गौरीशंकर तथा रोल्वालिङ हिमशृंखला आरोहणका लागि गएका ५ विदेशीसहित ७ जनाको मृत्यु भएको छ ।
सशस्त्र प्रहरीका अनुसार रोल्वालिङ क्षेत्रमा रहेको यलुङरी हिमालको आधारशिविर नजिकै सोमबार बिहान गएको हिम पहिरोमा परेर उनीहरुको मृत्यु भएको हो । मृतकको सनाखत भइसकेको छैन । सो घटनामा ५ जना घाइते भएको भएका छन् । अहिले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी घटनास्थलतर्फ गएको छ ।












